अश्लील सामग्री दिएको भन्दै तान्जानियाले बन्द गर्यो एक्स
बिहीबार, २२ जेठ २०८२, १५ : ०४
एजेन्सी । अश्लील सामग्री सेयर गरेको भन्दै तान्जानियाले आफ्नो देशमा सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई ब्लक गरेको छ ।
तान्जानियाले एक्समा पहुँच रोक्ने निर्णय गरेको सूचनामन्त्री जेरी सिलाले भनेका छन् । एक्सले पोर्न सामग्री सेयर गर्ने अनुमति दिने भएकोले यो निर्णय गरिएको उनले बताएका छन् । 'यो सामग्री देशको कानुन, संस्कृति, रीतिरिवाज र परम्पराविरुद्ध हाे,' उनले भनेका छन् ।
राजनीतिक तनाव बढेको र प्रहरी खातासमेत ह्याक भएको दुई हप्तादेखि एक्समा पहुँच प्रतिबन्धित गरिएको हो । तर अहिलेसम्म यो प्लेटफर्म पूर्ण रूपमा बन्द नभएको तान्जानियाली नागरिकहरूले बताएका बीबीसीले समाचार छापेको छ ।
यद्यपि, धेरै मानिसहरूले यस निर्णयबारे सरकारसँग आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण