अश्लील सामग्री दिएको भन्दै तान्जानियाले बन्द गर्यो एक्स
बिहीबार, २२ जेठ २०८२, १५ : ०४

एजेन्सी । अश्लील सामग्री सेयर गरेको भन्दै तान्जानियाले आफ्नो देशमा सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई ब्लक गरेको छ ।
तान्जानियाले एक्समा पहुँच रोक्ने निर्णय गरेको सूचनामन्त्री जेरी सिलाले भनेका छन् । एक्सले पोर्न सामग्री सेयर गर्ने अनुमति दिने भएकोले यो निर्णय गरिएको उनले बताएका छन् । 'यो सामग्री देशको कानुन, संस्कृति, रीतिरिवाज र परम्पराविरुद्ध हाे,' उनले भनेका छन् ।
राजनीतिक तनाव बढेको र प्रहरी खातासमेत ह्याक भएको दुई हप्तादेखि एक्समा पहुँच प्रतिबन्धित गरिएको हो । तर अहिलेसम्म यो प्लेटफर्म पूर्ण रूपमा बन्द नभएको तान्जानियाली नागरिकहरूले बताएका बीबीसीले समाचार छापेको छ ।
यद्यपि, धेरै मानिसहरूले यस निर्णयबारे सरकारसँग आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले
-
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
१० बजे १० समाचार : माधव नेपालविरुद्ध मुद्दा चलेपछि आरोप–प्रत्यारोप, प्रचण्डले पनि भने– प्रतिशोधको गन्ध आयो