मुख्यमन्त्री सिंह र एडीबी टोलीबिच भेटवार्ता
जनकपुर । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह र एडीबीका निर्देशक श्रीनिवासन जर्नादनमको नेतृत्वबिच बिहीबार भेटवार्ता भएको छ ।
मुख्यमन्त्री सतिश कुमार सिंहसँग शिष्टाचार भेट गर्दै एडीबीको टोलीले मधेस प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कनको हालसम्मको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराएको थियो ।
भेटवार्तामा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, एडीबीका वरिष्ठ अधिकृत जुलिका तथा कृष्ण पाठकको पनि उपस्थिति थियो ।
एडीबीका निर्देशक जर्नादनमका अनुसार प्रदेश सरकारले पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी बजेट कार्यान्वयन सुनिश्चित गर्न सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीमा सुधार ल्याउने उद्देश्यका साथ मूल्याङ्कन अघि बढाएको हो ।
नेपालमा यसअघि गण्डकी प्रदेशले यो मूल्याङ्कन प्रक्रिया पूरा गरिसकेको छ भने मधेस प्रदेशको मूल्याङ्कन अन्तिम चरणमा पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण