शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

मुख्यमन्त्री सिंह र एडीबी टोलीबिच भेटवार्ता

बिहीबार, २२ जेठ २०८२, १६ : ३४
बिहीबार, २२ जेठ २०८२

जनकपुर । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह र एडीबीका निर्देशक श्रीनिवासन जर्नादनमको नेतृत्वबिच बिहीबार भेटवार्ता भएको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहसँग शिष्टाचार भेट गर्दै एडीबीको टोलीले मधेस प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कनको हालसम्मको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराएको थियो । 

भेटवार्तामा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, एडीबीका वरिष्ठ अधिकृत जुलिका तथा कृष्ण पाठकको पनि उपस्थिति थियो ।

एडीबीका निर्देशक जर्नादनमका अनुसार प्रदेश सरकारले पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी बजेट कार्यान्वयन सुनिश्चित गर्न सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीमा सुधार ल्याउने उद्देश्यका साथ मूल्याङ्कन अघि बढाएको हो ।

नेपालमा यसअघि गण्डकी प्रदेशले यो मूल्याङ्कन प्रक्रिया पूरा गरिसकेको छ भने मधेस प्रदेशको मूल्याङ्कन अन्तिम चरणमा पुगेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप