सप्तकोशीमा डल्फिनको सङ्ख्यामा वृद्धि

समाचार सारांश
- कोशी टप्पु वन्यजन्तु आरक्षले सप्तकोशीमा डल्फिनको संख्या बढेको जनाएको छ। यस वर्षको गणनामा २२ डल्फिन फेला परेका छन्, जसमा अघिल्लो वर्षको भन्दा ३ वटा बढी छन्।
- आरक्षका अनुसार यस गणनामा १५ वयस्क, ५ अर्धवयस्क र २ बच्चा डल्फिन फेला परेका थिए। संरक्षण अधिकृतले यसलाई सकारात्मक संकेतका रूपमा लिएका छन् र संरक्षणमा जोड दिएका छन्।
- कोशी टप्पु वन्यजन्तु आरक्षले डल्फिनको संरक्षणका लागि वार्षिक गणना गर्दै आएको छ। यसले जलस्वस्थ्य र गुणस्तरको सन्देश दिन्छ।
सुनसरी। कोशी टप्पु वन्यजन्तु आरक्षले सप्तकोसीमा डल्फिनको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । बिहीबार वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आरक्षले चार दिनसम्म गरिएको गणनाको परिणाम सार्वजनिक गरेको छ । यस वर्षको गणनामा अघिल्लो वर्षको तुलनामा तीन वटा थप डल्फिनको सङ्ख्या बढेको पाइएको हो ।
आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार हालको गणनामा १५ वयस्क, पाँच अर्धवयस्क र दुई बच्चा डल्फिन गरी जम्मा २२ वटा डल्फिन रेकर्ड गरिएको छ। उनले भने, “यो तथ्याङ्क सप्तकोशीका लागी सकारात्मक र परिवर्तनको एक सङ्केत हो, यसलाई संरक्षण र प्रचार गर्न आवश्यक छ ।”
यसअघि कोशी टप्पु वन्यजन्तु आरक्षले प्रत्येक वर्ष नियमित रूपमा डल्फिनको गणना गरेर संरक्षणका लागि आवश्यक कदम उठाउँदै आएको छ । यहाँ गङ्गेटिक प्रजातिको डल्फिन पाइन्छ । जुन दुर्लभ मानिन्छ । संरक्षण अधिकृत यादवले भने, “डल्फिन सफा र गहिरो पानीमा बाँच्न मन पराउँछ, जसले यहाँको जलस्वस्थ्य र गुणस्तर रहेको सन्देश पनि दिएको छ ।”
गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्र, श्री भिमकाली गुल्म तथा हिमाली प्रकृति संस्था लगायतले प्राविधिक सहयोग प्रदान गरेका थिए । सन् २०१२ मा ११ र २०१७ मा १७ वटा डल्फिन देखिएका थिए । त्यसपछि आरक्षले डल्फिनको संरक्षणमा प्राथमिकता दिएको थियो । त्यसपछि वार्षिक गणनाको अभ्यास थालिएको आरक्षले जनाएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षले २०२२ मा १७ डल्फिन तथा २०२३ र २०२४ मा समान रूपमा १९ डल्फिनको गणना गरेको थियो । आरक्षले डल्फिनको संरक्षण र यसको प्राकृतिक आवासको रक्षा गर्न निरन्तर प्रयास गर्ने जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखाको झयाँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले
-
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध