विद्वान गुरुङले अधिवेशन गर्न सक्दैनन् भन्दै तरुण दलद्वारा मोटरसाइकल र्याली
काठमाडौँ । नेपाल तरुण दलको वर्तमान कार्यसमिति भङ्ग गर्न माग गर्दा काठमाडौँमा मोटरसाइकल र्याली निकालिएको छ । दलका अध्यक्ष विद्वान गुरुङले महाधिवेशन गर्न नसक्ने भन्दै केन्द्रीय सदस्यद्वय सरोज न्यौपाने र रोजन राईको नेतृत्वमा भृकुटीमण्डपबाट नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपासम्म मोटरसाइकल र्याली गरिएको हो ।
गुरुङ नेतृत्वको तरुण दलको समिति गठन भएको दुई वर्ष पुगे पनि महाधिवेशनको प्रक्रियासमेत सुरु गर्न नसकेको आरोप उनीहरूले लगाएका छन् ।
कांग्रेसको पदाधिकारी बैठकले चैत मसान्तसम्म अधिवेशन सम्पन्न गरिसक्नुपर्ने र त्यो समयभित्र सम्पन्न भएन भने समिति स्वतः विघटन हुने अन्तिम म्याद दिएको थियो ।
पार्टीले निर्देश गरेको अन्तिम मिति पनि समाप्त भए पनि पार्टीले न नयाँ समिति ल्याएको छ, न भङ्ग गरेको छ । र्यालीको नेतृत्व गरेका वर्तमान समितिकै केन्द्रीय सदस्य राई भन्छन्, ‘अहिले नै हामी वैधानिक छैनौँ । अवैधानिक कमिटीले अब अधिवेशन गर्दै जान्छु भन्ने पत्याउने कुरै भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण