शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना

शनिबार, २४ जेठ २०८२, ०१ : ०१
शनिबार, २४ जेठ २०८२

समाचार सारांश

  • चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) को अध्यक्षमा सामीप्यराज तिमिल्सेना चयन भएका छन्।
  • खुल्ला उपाध्यक्षमा भेषराज कार्की र अनिल यादव, महासचिवमा प्रभाकर गौतम लगायतका पदाधिकारी चयन।
  • नेपाल पत्रकार महासंघका सचिव प्रकाश धौलाकोटीले फिक्सन पुरानो संस्था भएको र हातेमालो गर्ने बताए।

काठमाडौँ। चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) को अध्यक्षमा सामीप्यराज तिमिल्सेना चयन भएका छन् । पिङ्ग्लास्थानस्थित नेपाल फिल्म क्याम्पसमा सम्पन्न समाजको साधारण सभाले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

नेपाल पत्रकार महासङ्घमा आबद्ध एसोसियट संस्थाको रूपमा रहेको ‘फिक्सन’ को खुल्ला उपाध्यक्षद्वयमा भेषराज कार्की र अनिल यादव, समावेशी तथा महिला उपाध्यक्षमा रीना मोक्तान, महासचिवमा प्रभाकर गौतम, खुल्ला सचिवमा नरेश फुयाँल, समावेशी तथा महिला सचिवमा लक्ष्मी बलायर र कोषाध्यक्षमा समर्पण श्री लाई सर्वसम्मत रूपमा चयन गरिएको छ । 

यस्तै, कार्यसमिति सदस्यहरूमा सुशीला तामाङ, सङ्गीता गिरी, अभिमन्यु दिक्षित, प्रशुन सङ्ग्रौला र श्रीजु सरल चयन भएका छन् । नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश धौलाकोटीले ‘फिक्सन’ एसोसिएट मध्येको पुरानो संस्था भएकाले महासङ्घ सदैव हातेमालो गर्न तत्पर रहेको बताए । 

साधारण सभामा निवर्तमान अध्यक्ष दीपेन्द्र लामा, पूर्व अध्यक्ष यज्ञसराज पण्डित, पूर्वमहासचिव नारायण अमृत, निवर्तमान उपाध्यक्ष स्मृति ढुङ्गानालगायत सहभागी रहेका थिए। नवनिर्वाचित अध्यक्ष तिमिल्सेनाले  ‘फिक्सन अवार्ड’लाई निरन्तरता दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप