मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

मोहन वैद्य एक सातादेखि अस्पतालमा

शनिबार, २४ जेठ २०८२, १८ : १०
शनिबार, २४ जेठ २०८२

 

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ एक हप्तादेखि अस्पतालमा उपचाररत रहेका छन् । उनी जेठ १८ गतेदेखि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

श्वास–प्रश्वास सम्बन्धी समस्याको उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको पार्टीले जानकारी दिएको छ । उनको स्वास्थ्य अवस्था हाल स्थिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप