३८५ करोडको विकास ऋणपत्र बोलकबोल गर्दै सरकार
मङ्गलबार, २७ जेठ २०८२, ०९ : ४४
सारांश
- सरकारले ३ अर्ब ८५ करोडको विकास ऋणपत्रको बोलकबोल गर्दैछ।
- बोलकबोल मंगलबार बिहान १० बजेदेखि ३ बजेसम्म हुनेछ, जसमा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिइनेछ।
- सरकारले आन्तरिक ऋण उठाउन विकास ऋणपत्र प्रयोग गर्छ, चैत १३ गते अन्तिमपटक ऋणपत्र निष्कासन भएको थियो।
काठमाडौँ । सरकारले बुधबार ३ अर्ब ८५ करोडको विकास ऋणपत्र बोलकबोल गर्दै छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्ष अवधि रहेको उक्त ऋणपत्र बोलकबोल गर्न लागेको हो ।
यसका लागि मंगलबार १० बजेदेखि ३ बजेसम्म बोलकबोल समय निर्धारण गरिएको छ । सो अवधिमा सबैभन्दा कम ब्याजदर बोलकबोल गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकताका आधारमा विकास ऋणपत्र बाँडफाँट गरिने कार्यालयले जनाएको छ ।
विकास ऋणपत्रलाई सरकारले आन्तरिक ऋण उठाउने एउटा प्रमुख औजारको रूपमा प्रयोग गर्दै आएको छ । यसअघि गत चैत १३ गते अन्तिमपटक ऋणपत्र निष्कासन भएको थियो । त्यो समयमा ४.४९ प्रतिशतमा उक्त ऋणपत्र बोलकबोल भएको थियो । हालसम्म औसतमा भने ४।७२ प्रतिशतमा ऋणपत्र बिक्री हुँदै आएको छ ।
अहिले आर्थिक वर्षको अन्तिम सुरु हुन लाग्दा सरकारले फेरि विकास ऋणपत्र बिक्री गर्न थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण