भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

समाचार सारांश
- प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन्, भिजिट भिसा प्रकरणबारे छलफल गर्न।
- रास्वपाका अनुसार, विपक्षी दलहरू गृहमन्त्रीको राजीनामा माग्दैछन्, तर लचिलो हुने सम्भावना छैन।
- संसदमा भिजिट भिसा प्रकरणका कारण अवरोध भइरहेको छ, नेकपा माओवादी केन्द्र र नेकपा एस सकारात्मक देखिएका छन्।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । भिजिट भिसा प्रकरणमा संसद्को बजेट अधिवेशन प्रभावित भइरहेको बेला प्रचण्डले आज पनि छलफलका लागि बैठक बोलाएका हुन् ।
बैठक मध्यान्ह १२ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको अडानबाट पछि हटेर उच्चस्तरीय न्यायिक समिति वा संसदीय समिति गठन हुनेबारे सत्ता पक्षले सदनलाई जानकारी दिए संसद्को अवरोध हटाउने बताएका छन् । यद्यपि विपक्षीको अडान यथावत् रहेका परियारले बताए ।
‘भिजिट भिसा लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । हाम्रो माग यथावत् रहेको छ । थप लचिलो हुने कुरा आउँदैन’, रातोपाटीसँग परियारले भने ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गृहमन्त्रीलाई बोल्न दिने पक्षमा सकारात्मक देखिएका छन् । भिजिट भिसा प्रकरणका कारण जेठ १३ गतेदेखि संसद् लगातार अवरोध हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जन्ते बाख्रो’ को व्यवसाय बुझ्न हलमा कलाकार, व्यवसाय कस्तो ?
-
यस्तो छ ‘कल्ली’ मा सौगातदेखि बेनिशासम्मको गेटअप
-
शैक्षिक संस्थाले ठुलो सङ्ख्यामा उत्पादन गरेका पत्रकार बजारले खपत गर्न सकेको छैन
-
प्रधानमन्त्रीको निर्देशनपछि उल्टियो घरजग्गा कारोबारमा बैँक स्टेटमेन्ट चाहिने व्यवस्था
-
खेलाडीले सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्छन् : मन्त्री पौडेल
-
भूमिसम्बन्धी विधेयक चाँडै पारित हुन्छ : प्रधानमन्त्री ओली