भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
सारांश
- प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन्, भिजिट भिसा प्रकरणबारे छलफल गर्न।
- रास्वपाका अनुसार, विपक्षी दलहरू गृहमन्त्रीको राजीनामा माग्दैछन्, तर लचिलो हुने सम्भावना छैन।
- संसदमा भिजिट भिसा प्रकरणका कारण अवरोध भइरहेको छ, नेकपा माओवादी केन्द्र र नेकपा एस सकारात्मक देखिएका छन्।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । भिजिट भिसा प्रकरणमा संसद्को बजेट अधिवेशन प्रभावित भइरहेको बेला प्रचण्डले आज पनि छलफलका लागि बैठक बोलाएका हुन् ।
बैठक मध्यान्ह १२ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको अडानबाट पछि हटेर उच्चस्तरीय न्यायिक समिति वा संसदीय समिति गठन हुनेबारे सत्ता पक्षले सदनलाई जानकारी दिए संसद्को अवरोध हटाउने बताएका छन् । यद्यपि विपक्षीको अडान यथावत् रहेका परियारले बताए ।
‘भिजिट भिसा लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । हाम्रो माग यथावत् रहेको छ । थप लचिलो हुने कुरा आउँदैन’, रातोपाटीसँग परियारले भने ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गृहमन्त्रीलाई बोल्न दिने पक्षमा सकारात्मक देखिएका छन् । भिजिट भिसा प्रकरणका कारण जेठ १३ गतेदेखि संसद् लगातार अवरोध हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण