हराइरहेकी महिला अजिंगरको पेटभित्र भेटिइन् (भिडियोसहित)
इन्डोनेसियाकी एक महिलालाई अजिंगरको पेटभित्र बाट निकालिएको छ । महिला आफ्नो तरकारी बारीमा काम गरिरहेका बेला गत बिहिबारदेखि हराइरहेकी थिइन् ।
५४ वर्षीय वा तिबालाई निकाल्न त्यहाँका स्थानीयले गत शुक्रबार २३ फुट लामो अजिंगरको पेट चिरेका थिए । स्थानीयले उक्त अजिंगरलाई मुना द्वीपको पेरस्यिापन लावेला गाउँमा फुलेको अवस्थामा भेटेका थिए ।
‘स्थानीयले अजिंगरलाई फुलेको अवस्थामा देखेपछि महिला निलेको हुनसक्ने आशंकामा त्यसलाई मारेर गार्डेन बाहिर निकाले,’ पुलिस अधिकारी हिम्काले बताए ।
‘अजिंगरको पेट चिरेर हेर्दा तिबाको शरिर भित्र भेटियो ।’
गत बिहिबार रातीदेखि हराइरहेकी तिबालाई आफन्तसहित सयजना स्थानीयले खोजी गरेका थिए ।
हाम्काका अनुसार तिबाको चप्पल पाइएको ३० मिटर पर अजिंगर भेटिएको थियो । अजिंगरले तिबाको टाउको पहिले निलेको बताइएको छ ।
इन्डोनेसिया र फिलिपिन्समा ६ मिटरसम्मको अजिंगर भेटिनु सामान्य मानिन्छ । यसले साना जनावरमाथि हमला गर्ने गर्दछन् । तर मानिसलाई नै निल्ने घटना निकै दुर्लभ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण