सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

जिल्ला समिति काठमाडौँले किन गर्‍यो वाईसीएलको सपथ ग्रहण कार्यक्रम बहिष्कार ?

आइतबार, २५ जेठ २०८२, २० : ५५
आइतबार, २५ जेठ २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपाल काठमाडौँ जिल्ला समितिले सम्पन्न वाईसीएलले आयोजना गरेको सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको छ ।

काठमाडौँ जिल्ला समिति बैठकबाट केन्द्रीय सदस्य सिफारिस गरिएपनि महाधिवेशनमा आफूखुसी सदस्यहरू हेरफेर र थपघट गरेको भन्दै आइतबार विज्ञप्ति जारी गर्दै सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको हो । 

जिल्ला अध्यक्ष रुपेश दंगाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “जिल्ला समिति काठमाडौँले सिफारिस गरेका केन्द्रीय सदस्यहरूलाई हेरफेर र थपघट गरिएको प्रति असहमति जनाउँदै सपथ ग्रहण  कार्यक्रम बहिष्कार गर्दछौँ ।”

शुक्रबार पुष्प ओलीको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको थियो । उपाध्यक्षमा डम्बर पुलामी सहित २१ जना निर्विरोध निर्वाचित भएका थिए भने महासचिवमा गणेश शाही निर्वाचित भएका थिए । 

वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको हो । आइतबार उनीहरुको सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो । 

503219705_1042987397416735_4240524417619533886_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप