जिल्ला समिति काठमाडौँले किन गर्यो वाईसीएलको सपथ ग्रहण कार्यक्रम बहिष्कार ?
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपाल काठमाडौँ जिल्ला समितिले सम्पन्न वाईसीएलले आयोजना गरेको सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको छ ।
काठमाडौँ जिल्ला समिति बैठकबाट केन्द्रीय सदस्य सिफारिस गरिएपनि महाधिवेशनमा आफूखुसी सदस्यहरू हेरफेर र थपघट गरेको भन्दै आइतबार विज्ञप्ति जारी गर्दै सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको हो ।
जिल्ला अध्यक्ष रुपेश दंगाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “जिल्ला समिति काठमाडौँले सिफारिस गरेका केन्द्रीय सदस्यहरूलाई हेरफेर र थपघट गरिएको प्रति असहमति जनाउँदै सपथ ग्रहण कार्यक्रम बहिष्कार गर्दछौँ ।”
शुक्रबार पुष्प ओलीको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको थियो । उपाध्यक्षमा डम्बर पुलामी सहित २१ जना निर्विरोध निर्वाचित भएका थिए भने महासचिवमा गणेश शाही निर्वाचित भएका थिए ।
वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको हो । आइतबार उनीहरुको सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण