स्वरूपराज आचार्यले स्वर दिएको नयाँ गीत सार्वजनिक
सोमबार, २६ जेठ २०८२, ११ : ०२
सारांश
- नारायण खतिवडाको शब्द रहेको नयाँ गीत 'दुःख सुनाएर के काम ?' सार्वजनिक भएको छ।
- गीतमा मानवीय संवेदनशीलता, सामाजिक यथार्थ र भावनात्मक अवस्थालाई उजागर गरिएको छ।
- गीतले जीवनका कठिन पलहरूमा दुःख साटासाट गर्दा सच्चा साथ पाउन कठिन हुने यथार्थ चित्रण गर्छ।
काठमाडौँ । गीतकार नारायण खतिवडाको शब्द रहेको नयाँ गीत ‘दुःख सुनाएर के काम ?’ सार्वजनिक गरिएको छ । दीपक शर्माको सङ्गीत रहेको गीतमा स्वरूपराज आचार्यले स्वर दिएका छन् ।
गीतमार्फत मानवीय संवेदनशीलता, सामाजिक यथार्थ र मानिसको भावनात्मक अवस्था उजागर गरिएको छ । गीतमा जीवनका कठिन पलहरूमा मानिसले दुःख, पीडा र निराशा साझा गर्दा प्रायः सच्चा साथ पाउन कठिन हुने यथार्थ चित्रण गरिएको छ ।
गीतकार खतिवडा यसअघि पनि ‘स्वार्थी संसार’, ‘स्वदेश छोडी’, ‘मनका कुरा’, ‘बिन्दास’, ‘सन्देश पुर्याइदेउ’, ‘मेरो कथा’ लगायतका दर्जनौँ गीत बाहिर आएका छन् । गीतमा सङ्गीतकार शर्माकै सङ्गीत संयोजन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण