स्वरूपराज आचार्यले स्वर दिएको नयाँ गीत सार्वजनिक
सोमबार, २६ जेठ २०८२, ११ : ०२

समाचार सारांश
- नारायण खतिवडाको शब्द रहेको नयाँ गीत 'दुःख सुनाएर के काम ?' सार्वजनिक भएको छ।
- गीतमा मानवीय संवेदनशीलता, सामाजिक यथार्थ र भावनात्मक अवस्थालाई उजागर गरिएको छ।
- गीतले जीवनका कठिन पलहरूमा दुःख साटासाट गर्दा सच्चा साथ पाउन कठिन हुने यथार्थ चित्रण गर्छ।
काठमाडौँ । गीतकार नारायण खतिवडाको शब्द रहेको नयाँ गीत ‘दुःख सुनाएर के काम ?’ सार्वजनिक गरिएको छ । दीपक शर्माको सङ्गीत रहेको गीतमा स्वरूपराज आचार्यले स्वर दिएका छन् ।
गीतमार्फत मानवीय संवेदनशीलता, सामाजिक यथार्थ र मानिसको भावनात्मक अवस्था उजागर गरिएको छ । गीतमा जीवनका कठिन पलहरूमा मानिसले दुःख, पीडा र निराशा साझा गर्दा प्रायः सच्चा साथ पाउन कठिन हुने यथार्थ चित्रण गरिएको छ ।
गीतकार खतिवडा यसअघि पनि ‘स्वार्थी संसार’, ‘स्वदेश छोडी’, ‘मनका कुरा’, ‘बिन्दास’, ‘सन्देश पुर्याइदेउ’, ‘मेरो कथा’ लगायतका दर्जनौँ गीत बाहिर आएका छन् । गीतमा सङ्गीतकार शर्माकै सङ्गीत संयोजन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् त्रिवि अध्यागमनमा खटाइएका ८ उपसचिव (सूचीसहित)
-
मुम्बईमा रेलबाट खसेर पाँच जनाको मृत्यु
-
त्रिवि अध्यागमनमा दरबन्दीभन्दा बढी उपसचिव, दुई सचिवलाई कारबाहीको चेतावनीसहितको पत्र
-
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली काठमाडौँ प्रस्थान
-
मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव
-
बाजुराको बाम्का बजारका पीडितलाई क्षतिपूर्तिसहित पुनर्स्थापना गर्न सरकारसँग माग