मेनपावर कम्पनी नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य
सारांश
- वैदेशिक रोजगार विभागले मेनपावर नवीकरणको लागि गुगल लोकेसन अनिवार्य गरेको छ।
- संस्थाहरूले डिजिटल ठेगाना खुल्नेगरी गुगल प्लस कोड पेस गर्नुपर्नेछ, र वेबसाइटमा पनि राख्नुपर्नेछ।
- विभागले नवीकरण नगरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ, आवश्यक कागजातसहित विवरण पेस गर्नुपर्नेछ।
काठमाडौँ । इजाजत प्राप्त संस्था (मेनपावर) नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य रूपमा पेस गर्नुपर्ने भएको छ ।
वैदेशिक रोजगार विभागले मेनपावरहरूको नवीकरणका लागि संस्था रहेको डिजिटल ठेगाना खुल्नेगरी गुगल प्लस कोड अनिवार्य गरेको हो । गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने र संस्थाको वेब साइटमा समेत अनिवार्य रूपमा राख्नुपर्ने प्रावधान गरेको हो ।
विभागले सोमबार एक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ एवम् प्रचलित कानुन बमोजिम सम्बन्धित निकायमा दर्ता भई वार्षिक रूपमा नवीकरण गर्नुपर्ने संस्थाहरूलाई गुगल लोकेसन अनिवार्य गरेको हो ।
वैदेशिक रोजगार सम्बन्धी काम गर्ने इजाजत प्राप्त संस्थाहरू, स्वीकृति प्राप्त शाखा कार्यालयहरू, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरू, केयर गिभर सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरू, घरेलु कामदार सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरू, वैदेशिक रोजगारमा जाने कामदारहरूलाई सिपमूलक तालिम प्रदान गर्ने संस्थाहरू एवम् खास देश पठाउनको लागि सूचीकृत भएका संस्थाहरूलाई नवीकरण गर्न भनेको छ । अन्यथा कानुन बमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ ।
नवीकरण गर्दा आवश्यक पर्ने कागजातसँगै गुगल प्लस कोडसहित गुगल म्याप र सञ्चालक तथा कार्यरत कर्मचारीहरूको विवरण समेत निवेदन साथ पेस गर्न भनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण