सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

मनकामना धाममा २१६ किलोको घण्टी चढाइयो

सोमबार, २६ जेठ २०८२, १३ : ०२
सोमबार, २६ जेठ २०८२

समाचार सारांश

  • सङ्खुवासभाको खाँदवारी नगरपालिका-९ मा रहेको मनकामना मन्दिरमा हालसम्मकै ठूलो घण्टी चढाइयो।
  • अमेरिकामा बस्ने सुरेन्द्र श्रेष्ठ दम्पतीले दिवङ्गत पितृको सम्झनामा घण्टी चढाए, जसको लागत ३४ लाख रुपैयाँ थियो।
  • मनकामना मन्दिरमा भक्तजनहरूले श्रद्धापूर्वक पूजा गर्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ।

खाँदवारी । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल मनकामना मन्दिरमा हालसम्मकै ठूलो तौलको घण्टी चढाइएको छ । 

अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा मन्दिरमा घण्टी चढाएका हुन् । घण्टीसँगै काठको घण्टाघर पनि निर्माण गरिएको छ । घण्टी र घण्टाघर करिब रु ३४ लाख लागतमा निर्माण गरिएको हो । 

मन्दिरका पुजारी सूर्यप्रसाद कट्टेलले श्रेष्ठ दम्पतीले चढाएको घण्टी जिल्लाकै सबैभन्दा ठूलो रहेको दाबी गरे । जनविश्वासअनुसार, पवित्र मनकामना मन्दिरमा श्रद्धापूर्वक पूजा अर्चना गर्दा भक्तजनहरूको मनोकामना पूरा हुने विश्वास गरिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप