सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

बाजुराको बाम्का बजारका पीडितलाई क्षतिपूर्तिसहित पुनर्स्थापना गर्न सरकारसँग माग

सोमबार, २६ जेठ २०८२, १४ : ३६
सोमबार, २६ जेठ २०८२

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाह (गरिमा) ले बाजुराको बाम्का बजारमा भएको आगलागी पीडितलाई पुनर्स्थापना गर्न सरकारसँग माग गरेकी छन् । 

सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहले बाम्का बजार आगलागीमा १३ पसल र २ वटा होटल पूर्णरुपमा नष्ट भएको जानकारी दिँदै पीडित व्यापारीलाई राहत र क्षतिपूर्तिसहित शीघ्र पुनर्स्थापनाको माग गरिन् । 

सांसद शाहले सरकारले बाजुरालाई एउटा दमकलसमेत दिन नसक्दा ठुलो क्षति भएको भन्दै घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने समेत बताइन् ।

उनले अब्राहम लिङ्कनको भनाइलाई उद्धृत गर्दै हजार जना मूर्ख भएपनि देशलाई खासै असर नपर्ने तर एक नेता मूर्ख भए देश डुब्ने र जनताले दुःख पाउने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप