जबरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ
सोमबार, २६ जेठ २०८२, १७ : १४

समाचार सारांश
- अछाममा जबरजस्ती करणी मुद्दामा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।
- तुर्माखाँद गाउँपालिका-१ का मनवीर शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
- पक्राउ परेका शाहीलाई थप कारबाहीका लागि कोहलपुर पठाइनेछ।
धनगढी । अछाममा जबरजस्ती करणी मुद्दामा फरार रहेका रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। तुर्माखाँद गाउँपालिका-१ स्थायी ठेगाना भई हाल फरार रहेका अन्दाजी २० वर्षीय मनवीर शाहीलाई जिल्ला प्रहरी कार्यालय अछामको प्रहरी टोलीले पक्राउ गरेको हो। पीडितको जाहेरीका आधारमा दर्ता भएको उक्त मुद्दामा अनुसन्धानको क्रममा रहेका शाही वारदातपश्चात् फरार थिए।
प्रहरी चौकी रहफ अछामबाट प्रहरी निरीक्षक उत्तम सिंह कार्कीको कमान्डमा खटिएको टोलीले मिति २०८२ जेठ २६ गते दिउँसो ३ः १० बजेतिर शाहीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका शाहीलाई प्रारम्भिक अनुसन्धान पश्चात् थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर बुझाउने प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुपेन सुनुवारको ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ सार्वजनिक
-
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाऔँ : देउवा
-
पाँचथर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
‘नेता र मन्त्रीका पकेटका आयोजना बजेटमा छैनन्’
-
‘महिलाको लिङ्ग चेक गर्ने’ पूर्वमन्त्री सुब्बाविरूद्ध मुद्दा
-
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर भएन : सन्ताेष परियार