जबरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ
सोमबार, २६ जेठ २०८२, १७ : १४
सारांश
- अछाममा जबरजस्ती करणी मुद्दामा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।
- तुर्माखाँद गाउँपालिका-१ का मनवीर शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
- पक्राउ परेका शाहीलाई थप कारबाहीका लागि कोहलपुर पठाइनेछ।
धनगढी । अछाममा जबरजस्ती करणी मुद्दामा फरार रहेका रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। तुर्माखाँद गाउँपालिका-१ स्थायी ठेगाना भई हाल फरार रहेका अन्दाजी २० वर्षीय मनवीर शाहीलाई जिल्ला प्रहरी कार्यालय अछामको प्रहरी टोलीले पक्राउ गरेको हो। पीडितको जाहेरीका आधारमा दर्ता भएको उक्त मुद्दामा अनुसन्धानको क्रममा रहेका शाही वारदातपश्चात् फरार थिए।
प्रहरी चौकी रहफ अछामबाट प्रहरी निरीक्षक उत्तम सिंह कार्कीको कमान्डमा खटिएको टोलीले मिति २०८२ जेठ २६ गते दिउँसो ३ः १० बजेतिर शाहीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका शाहीलाई प्रारम्भिक अनुसन्धान पश्चात् थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर बुझाउने प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण