मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल

मङ्गलबार, २७ जेठ २०८२, ०५ : २२
मङ्गलबार, २७ जेठ २०८२

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल जेष्ठ २७ गते । मंगलबार । ईश्वी सन् २०२५ जुन १० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । जेष्ठ शुक्लपक्ष । तिथि–चतुर्दशी, १५ घडी ९ पला, बिहान ११ बजेर १३ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–अनुराधा, ३२ घडी ३८ पला, बेलुकी ६ बजेर १२ मिनेट उप्रान्त ज्येष्ठा । योग–सिद्ध, २३ घडी ११ पला, दिउसो २ बजेर २६ मिनेट उप्रान्त साध्य । करण–वणिज, बिहान ११ बजेर १३ मिनेट उप्रान्त भद्रा, रातको १२ बजेर २ मिनेट उप्रान्त बव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–वृश्चिक ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५७ मिनेट । दिनमान ३४ घडी ३० पला ।  

आजको बार बेला ।  

बिहान ५ बजेर ९ मिनेटसम्म रोग बेला ।

बिहान ५ बजेर १० मिनेटदेखि बिहान ६ बजेर ५३ मिनेटसम्म उद्धेग बेला ।

बिहान ६ बजेर ५४  मिनेटदेखि बिहान ८ बजेर ३६ मिनेटसम्म चर बेला ।

बिहान ८ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर २० मिनेटसम्म लाभ बेला ।

बिहान १० बजेर २१ मिनेटदेखि बिहान १२ बजेर ३ मिनेटसम्म अमृत बेला ।

मध्यान्ह १२ बजेर ४ मिनेटदेखि दिउसो १ बजेर ४७ मिनेटसम्म काल बेला ।

दिउसो १ बजेर ४८ मिनेटदेखि दिउसो ३ बजेर ३० मिनेटसम्म शुभ बेला ।

दिउसो ३  बजेर ३१ मिनेटदेखि बेलुकी ५ बजेर १४ मिनेटसम्म रोग बेला ।

बेलुकी ५ बजेर १५ मिनेटदेखि बेलुकी ८ बजेर १४ मिनेटसम्म काल बेला ।

नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउसो ३ बजेर ३० मिनेटदेखि बेलुकी ५ बजेर १३ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहुर्त

बिहान ३ बजेर ३३ मिनेटदेखि बिहान ४ बजेर २१ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यक्तिगत स्वार्थ तथा वैराग्य भाव त्यागेर अगाडी बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला । आलस्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरे पनि न्यून उपलब्धि हासिल हुनेछ । अध्ययनमा अलि बढिनै समय खर्चँदा मात्र नतिजा हात पार्न सकिनेछ । तर पनि नसोचेको धन तथा सम्पत्ति प्राप्त हुने योग रहेको छ ।  

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार, शेयर बजारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । लगनशीलता तथा ईमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सत्रु घरमा गोचर गर्ने शुभ चन्द्रमाले ऋण, रोग तथा शत्रुलाई पराजित गर्दै अगाडी बढ्न सकिनेछ । साथीभाइ तथा इष्टमित्रबाट सहयोग पाइने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।  विशिष्ट व्यक्ति मार्फत सम्मान पाईनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बौद्धिक व्याक्तीत्वहरु सामु तपाईँले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने शेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरूले तपाईँको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । कृषि तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाब सिर्जना हुनेछ । राजनीतिकर्मीका लागी समय अन्य दिन भन्दा मध्यम रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  साहसी तथा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । लेखन, कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेको छ । प्रेम सम्बन्धहरूमा आत्मीयता थप प्रगाढ हुनेछ । अनलाइन व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी नाफा कमाउन सकिनेछ । विशिष्ट व्याक्तिव सम्मान पाइने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) धन स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार वा शेयर बजारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ भने आफन्त तथा कुटुम्बको सहयोग पाइनेछ । ज्ञान, कला तथा साहित्यलाई निखार्न सकिनेछ । बिचार र बोलीले धेरैको मन जित्न सकिनेछ । परिवारका साथ रमाइलो यात्रा गर्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागी समय उत्तम रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक माहौलमा समय बित्ने हुनाले दिन रमाइलो तथा उल्लासमय रहनेछ । महँगो तथा बिलासी बस्तुको प्रयोग गर्न पाइने योग रहेको छ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी इज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । अनलाइन व्यापार, टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ ।  

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाइ लेखाइमा मन नजाँदा अरू भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । तापनि लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अनलाइन व्यापार, शेयर बजारको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरु परिपूर्ति गर्न सकिनछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गर काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार तथा शेयर बजारको लगानी फस्टाएर जाने हुनाले मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिए पनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा  अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । विशिष्ट व्याक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका रमाइलो यात्राको अवसर जुर्नेछ ।  

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप