खेम र दीपिकाको 'बोली बारेनी' सार्वजनिक
मङ्गलबार, २७ जेठ २०८२, ०९ : १८

काठमाडौँ । खेम सेन्चुरी र दीपिका बायम्बु मगरको स्वर रहेको गीत 'बोली बारेनी' सार्वजनिक गरिएको छ । माया, प्रेम, बिछोडको कथा गीतले बोकेको छ ।
गीतमा एक प्रेमीको गुनासो मार्मिक ढंगले प्रस्तुत गरिएको छ, जहाँ ऊ प्रेमिकासँग अलग्गिएको पीडामा छ । गीतका शब्द शिव पौडेलले लेखेका हुन् भने सङ्गीत ऋषि खड्का र सङ्गीत संयोजन विनोद बाजुरालीको छ।
गीतको भिडियोमा विनोद भण्डारी, जुना गुरुङ, र नकुल शाही ठकुरीको अभिनय देख्न सकिन्छ। तिहारको परिवेशमा छायाङ्कन गरिएको भिडियोमा यथार्थ चित्रणको प्रयास गरिएको छ। भिडियो निर्देशन विनोद भण्डारीले गरेका छन् भने छायाङ्कन दिनेश पराजुली र सम्पादन अमृत चापागाईँले गरेका हुन्। भिडियो निर्माण पत्रकार कृष्ण पहाडीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा