खेम र दीपिकाको 'बोली बारेनी' सार्वजनिक
मङ्गलबार, २७ जेठ २०८२, ०९ : १८
काठमाडौँ । खेम सेन्चुरी र दीपिका बायम्बु मगरको स्वर रहेको गीत 'बोली बारेनी' सार्वजनिक गरिएको छ । माया, प्रेम, बिछोडको कथा गीतले बोकेको छ ।
गीतमा एक प्रेमीको गुनासो मार्मिक ढंगले प्रस्तुत गरिएको छ, जहाँ ऊ प्रेमिकासँग अलग्गिएको पीडामा छ । गीतका शब्द शिव पौडेलले लेखेका हुन् भने सङ्गीत ऋषि खड्का र सङ्गीत संयोजन विनोद बाजुरालीको छ।
गीतको भिडियोमा विनोद भण्डारी, जुना गुरुङ, र नकुल शाही ठकुरीको अभिनय देख्न सकिन्छ। तिहारको परिवेशमा छायाङ्कन गरिएको भिडियोमा यथार्थ चित्रणको प्रयास गरिएको छ। भिडियो निर्देशन विनोद भण्डारीले गरेका छन् भने छायाङ्कन दिनेश पराजुली र सम्पादन अमृत चापागाईँले गरेका हुन्। भिडियो निर्माण पत्रकार कृष्ण पहाडीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण