बुधबार, २८ जेठ २०८२
ताजा लोकप्रिय

'महाभोज'ले पोखरामा गर्‍यो प्रिमियर

मङ्गलबार, २७ जेठ २०८२, १२ : १९
मङ्गलबार, २७ जेठ २०८२

समाचार सारांश

  • दिनेश राउतको निर्देशन रहेको फिल्म 'महाभोज' को पोखरामा प्रिमियर गरियो, जसमा कलाकार र विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
  • दर्शकहरूले फिल्मको कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयको प्रशंसा गरे, र यसले विद्रोह जन्माउन सक्ने बताए।
  • 'महाभोज' यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ, र यसको प्रिमियर बुटवल, विराटनगर र धरानमा पनि हुनेछ।

काठमाडौँ । दिनेश राउतको निर्देशन रहेको फिल्म ‘महाभोज’को सोमबार पोखरामा प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रका कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगायत सहभागी थिए ।

अतिथिको रूपमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, केही सहकारी पीडितहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरू तथा पत्रकारको उपस्थिति थियो । फिल्म हेरेपश्चात् दर्शकले यसको कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन् । 

फिल्मको परिवेशमा पूर्ण रूपमा भिजेका दर्शकहरूले चर्को स्वरमा आक्रोश पोख्दै ‘महाभोज’ ले विगतमा ‘आगो’ फिल्मले जस्तै विद्रोह जन्माउन सक्ने बताए । 

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् । फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारहरूको अभिनय छ ।

फिल्म ‘महाभोज’ यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदै छ । पोखराको सफल प्रिमियरपश्चात् यसको प्रिमियर बुटवल, विराटनगर र धरानमा पनि क्रमशः आयोजना हुने निर्माण युनिटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप