बुधबार, २८ जेठ २०८२
ताजा लोकप्रिय

शोकमा साथ दिँदै सुन्दरबजार नगरपालिका

मङ्गलबार, २७ जेठ २०८२, १४ : ४६
मङ्गलबार, २७ जेठ २०८२

लमजुङ । स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत यहाँको सुन्दरबजार नगरपालिकाले सञ्चालन गरेको मलामीसहितको शववाहन सेवा प्रभावकारी बनेको छ ।

पालिकाले वि.सं. २०७९ साउन १ गतेदेखि कार्यविधि बनाएर सुरु गरेको यस अभियान अन्तर्गत हालसम्म १३५ जनाले सुविधा लिएका छन् । 

नगरभित्र कसैको मृत्यु भएपश्चात सम्बन्धित वडा अध्यक्षमार्फत नगरपालिकामा खबर गरिएपछी मलामीसहितको शववाहन उक्त घरमा पुर्‍याउने गरिएको छ । संस्कार गरिसकेपछि  पुनःमलामीलाई घर छाडेर फर्कने व्यवस्था गरिएको छ ।

यो सेवा मृतकको अन्त्येष्टि प्रक्रियालाई व्यवस्थित, सहज र सम्मानजनक बनाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले सेवा थप व्यवस्थित बनाइएको जानकारी दिँदै शववाहनमा मलामीका लागि बसलगायत आवश्यक सामग्री उपलब्ध गराउँदै आएको बताए । 

यस सेवाले शोकमा परेका परिवारलाई केही राहत मिलेको प्रमुख प्रशासकीय अधिकृत घर्तीको भनाइ छ । 

नगर प्रमुख कृष्णप्रसाद कोईरालाले सामाजिक उत्तरदायित्वको भावनाले यस कार्यक्रम सुरु गरिएको बताए । 

मृतकप्रति सम्मान र परिवारप्रति सहानुभूति व्यक्त गर्न मलामीसहितको शववाहन सेवा सुरु गरेको उनको भनाइ छ ।

नगरपालिकाले आगामी दिनमा सेवा अझ प्रभावकारी र पहुँचमैत्री बनाउन तयारी गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप