‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’मा सहभागी हुन मलेसिया उडे आरभ
सारांश
- नेपाली बालक आरभ गौतम 'ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२५' मा नेपालको प्रतिनिधित्व गर्दै मलेसिया प्रस्थान गरेका छन्।
- प्रतियोगितामा गौतमले नेपाली कला र संस्कृति, पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेका छन्।
- फेसन कोच राज फैजुसहित बालबालिकाहरूले नेपालमा पर्यटक आकर्षित गर्ने विषयमा प्रस्तुति दिनेछन्।
काठमाडौँ । मलेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२५’मा नेपालको प्रतिनिधित्व नेपाली बालक आरभ गौतमले गर्ने भएका छन् । कोटाकिना बालु सहरमा ११ देखि १७ जुनसम्म आयोजना हुने कार्यक्रमका लागि गौतम मङ्गलवार मध्यान्न मलेसिया उडेका छन् ।
‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ विश्वका विभिन्न देशको बालबालिका सहभागी हुने प्रतियोगिता हो । गौतमले प्रतियोगितामा नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन समेत प्रवर्द्धन गर्नेछन् ।
प्रतियोगितामा बालबालिकासँगै फेसन कोच राज फैजु पनि सहभागी हुँदै छन् । प्रतियोगितामा सहभागी नेपाली बालबालिकाले नेपालमा पर्यटक कसरी आकर्षित गर्ने र पर्यटकले नेपालको छुटाउन नहुने ठाउँको विषयमा फोकस रहेर प्रस्तुति दिने फेसन कोच फैजुले जानकारी दिए ।
गौतम रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेज २०२४’का विजेता हुन् । प्रतियोगितामा सहभागी गौतम बालबालिकाको फेसन कन्सेफ डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण