‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’मा सहभागी हुन मलेसिया उडे आरभ

समाचार सारांश
- नेपाली बालक आरभ गौतम 'ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२५' मा नेपालको प्रतिनिधित्व गर्दै मलेसिया प्रस्थान गरेका छन्।
- प्रतियोगितामा गौतमले नेपाली कला र संस्कृति, पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेका छन्।
- फेसन कोच राज फैजुसहित बालबालिकाहरूले नेपालमा पर्यटक आकर्षित गर्ने विषयमा प्रस्तुति दिनेछन्।
काठमाडौँ । मलेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२५’मा नेपालको प्रतिनिधित्व नेपाली बालक आरभ गौतमले गर्ने भएका छन् । कोटाकिना बालु सहरमा ११ देखि १७ जुनसम्म आयोजना हुने कार्यक्रमका लागि गौतम मङ्गलवार मध्यान्न मलेसिया उडेका छन् ।
‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ विश्वका विभिन्न देशको बालबालिका सहभागी हुने प्रतियोगिता हो । गौतमले प्रतियोगितामा नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन समेत प्रवर्द्धन गर्नेछन् ।
प्रतियोगितामा बालबालिकासँगै फेसन कोच राज फैजु पनि सहभागी हुँदै छन् । प्रतियोगितामा सहभागी नेपाली बालबालिकाले नेपालमा पर्यटक कसरी आकर्षित गर्ने र पर्यटकले नेपालको छुटाउन नहुने ठाउँको विषयमा फोकस रहेर प्रस्तुति दिने फेसन कोच फैजुले जानकारी दिए ।
गौतम रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेज २०२४’का विजेता हुन् । प्रतियोगितामा सहभागी गौतम बालबालिकाको फेसन कन्सेफ डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित
-
विपक्षीले खोज्यो छानबिन समितिको लिखित प्रतिबद्धता, सत्तापक्ष छलफलमा
-
प्रदेश सांसद सिंहले आफ्नै खातामा जम्मा गराउँथे कमिसन
-
ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन : २०२४ को नेशनल स्टुडेन्ट सर्भेमा लण्डनभर बिजनेस स्टडीतर्फ दोस्रो स्थान
-
मधेश प्रदेशका सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा
-
व्यवसायमुखी युट्युब च्यानलको रूपमा आइडियाप्रिन्योरले बनायो इतिहास