बुधबार, २८ जेठ २०८२
ताजा लोकप्रिय

कमेडी दरबारमा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराईको इन्ट्री

मङ्गलबार, २७ जेठ २०८२, १४ : १८
मङ्गलबार, २७ जेठ २०८२

काठमाडौँ । कमेडी दरबारको महाराजाको रूपमा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराई भित्रिएका छन् । मनोज गजुरेल एक महिनाको युरोप टुरमा निस्किएका कारण प्रदीप भट्टराई सो समय अवधिसम्मका लागि महाराजाको रूपमा कमेडी दरबारमा भित्रिएका हुन् । 

प्रदीप भट्टराईलाई कमेडी दरबारको सिजन २ को १० एपिसोडबाट देख्न पाइनेछ । प्रदीप भट्टराईले पछिल्लो समयको निकै लोकप्रिय शोमा आफूलाई महाराजा बनाएर अतिथिकै रूपमा भएपनि बोलाएकोमा टिमप्रति आभार व्यक्त गरेका छन् ।

कमेडी दरबारकी निर्देशक श्रद्धा प्रसाईले मनोज गजुरेलको युरोप टुरको समयमा प्रदीप भट्टराईलाई आफूहरूले निमन्त्रणा गरेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप