१५ औँ राष्ट्रपति रनिङ शिल्ड : सुदूरपश्चिमको छात्र टोलीको विजयी सुरुवात

धनगढी । १५ औँ केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको भलिबल छात्र टोलीले शानदार सुरुवात गर्दै आफ्नो पहिलो खेलमा कोसी प्रदेशलाई सिधा सेटमा पराजित गरेको छ।
बुधबार सम्पन्न प्रतियोगितामा सुदूरपश्चिमले कोसीलाई २–० को सोझो सेटमा हराउँदै पहिलो जित हात पार्यो। खेलको पहिलो सेट सुदूरपश्चिमले २५–१४ को स्पष्ट अन्तरले जित्दा, दोस्रो सेट पनि २५–२० ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
सुदूरपश्चिम टोलीका प्रशिक्षक लालबहादुरले यस जितलाई उत्साहजनक सुरुवातको रूपमा लिँदै भने–'खेलाडीहरूमा ऊर्जा र आत्मविश्वास देखिएको छ। यसले आगामी खेलमा थप राम्रो प्रदर्शन गर्ने विश्वास दिलाएको छ।'
यो जितसँगै सुदूरपश्चिम प्रदेशको छात्र टोलीले प्रतियोगितामा अगाडि बढ्ने सम्भावनालाई बलियो बनाएको छ। प्रतियोगिता अझै केही दिनसम्म सञ्चालन हुने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द
-
इरानमाथि इजरायली हमलामा हाम्रो संलग्नता छैन : अमेरिका
-
इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा
-
‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’
-
विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो
-
दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना