लस एन्जलसमा आंशिक कर्फ्युको घोषणा
बुधबार, २८ जेठ २०८२, ०९ : २१

वासिङ्टन डीसी । लस एन्जलसका मेयर करेन बासले आप्रवासनविरुद्ध छापेमारीको विरोध प्रदर्शनलाई सम्बोधन गर्न लस एन्जलसमा आंशिक कर्फ्युको घोषणा गरेकी छन् । ‘आज राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लागु हुनेछ’ बासले भनिन् ।
शहरभरि धेरै क्षति भएकोले यो आवश्यक भएको उनले बताइन् । सहरमा बढ्दो अशान्ति पछि जीवन बचाउन र सम्पत्तिको सुरक्षा गर्न कर्फ्यु आवश्यक उपाय भएको लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनेलले बताए ।
कसैले यस अवधिमा कर्फ्यु तोड्यो भने उसलाई पक्राउ गरिने उनको भनाइ छ । शनिबार २७ जना, आइतबार ४० जना, सोमबार ११४ जना र आजसम्म १९७ जनालाई पक्राउ गरिएको पनि उनले बताए । वार्ताका लागि राष्ट्रपति ट्रम्पसँग सम्पर्कमा रहेको बासले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने
-
अस्ट्रेलियाको नाटकीय पतनपछि वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल रोमाञ्चक मोडमा
-
अभिनेत्री करिश्माका पूर्व पति सञ्जय कपूरको निधन
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द
-
इरानमाथि इजरायली हमलामा हाम्रो संलग्नता छैन : अमेरिका