लस एन्जलसमा आंशिक कर्फ्युको घोषणा
बुधबार, २८ जेठ २०८२, ०९ : २१
वासिङ्टन डीसी । लस एन्जलसका मेयर करेन बासले आप्रवासनविरुद्ध छापेमारीको विरोध प्रदर्शनलाई सम्बोधन गर्न लस एन्जलसमा आंशिक कर्फ्युको घोषणा गरेकी छन् । ‘आज राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लागु हुनेछ’ बासले भनिन् ।
शहरभरि धेरै क्षति भएकोले यो आवश्यक भएको उनले बताइन् । सहरमा बढ्दो अशान्ति पछि जीवन बचाउन र सम्पत्तिको सुरक्षा गर्न कर्फ्यु आवश्यक उपाय भएको लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनेलले बताए ।
कसैले यस अवधिमा कर्फ्यु तोड्यो भने उसलाई पक्राउ गरिने उनको भनाइ छ । शनिबार २७ जना, आइतबार ४० जना, सोमबार ११४ जना र आजसम्म १९७ जनालाई पक्राउ गरिएको पनि उनले बताए । वार्ताका लागि राष्ट्रपति ट्रम्पसँग सम्पर्कमा रहेको बासले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण