सर्वोच्चका न्यायाधीश सिफारिसको तयारी, इजलास नराखी छलफलमा जुटे प्रधानन्यायाधीश
सारांश
- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिको तयारीमा जुटेका छन्।
- न्याय परिषद् स्रोतका अनुसार, सर्वोच्च अदालतमा हाल चार न्यायाधीश पद रिक्त छन्।
- आगामी असार ९ गते न्याय परिषद् सदस्य रामप्रसाद भण्डारीको कार्यकाल सकिनुअघि न्यायाधीश नियुक्ति गर्ने तयारी छ।
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिको तयारीमा जुटेका छन् । मंगलबार प्रधानन्यायाधीश राउत र न्याय परिषद्की सदस्य न्यायाधीश सपना प्रधान मल्ल समेत इजलासमा नबसी अनौपचारिक छलफलमा जुटेका छन् ।
अनौपचारिक छलफलपश्चात् साेमबार औपचारिक बैठकको तयारी रहेको न्याय परिषद् स्रोतले जनाएको छ । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी रहेकोमा चार न्यायाधीश रिक्त छन् ।
२०८१ कात्तिक ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट नृपध्वज निरौला र नित्यानन्द पाण्डे न्यायाधीश नियुक्त भएकोमा त्यसयता पटक पटक बैठक बसे पनि सिफारिस हुन सकेको छैन ।
न्याय परिषद्का पाँच सदस्यमध्ये एक सदस्य रामप्रसाद भण्डारीको आगामी असार ९ गते कार्यकाल सकिँदै छ । त्यसअगावै सर्वोच्चसहित जिल्ला र उच्चका न्यायाधीश नियुक्तिको तयारी छ । सर्वोच्चसहित जिल्ला र उच्चमा हाल ३३ न्यायाधीश रिक्त छन् ।
सर्वोच्चमा एक इजलास थपिने गरी तत्काल दुई जना न्यायाधीश भए पनि नियुक्त गर्ने मनस्थितिमा प्रधानन्यायाधीश छन् । तर परिषद्मा सहमति जुट्न नसक्दा नियुक्तिका लागि सिफारिस हुन सकेको छैन ।
सर्वोच्चमा दुई जना मुख्य न्यायाधीशलाई बढुवा गरेर पदपूर्ति गर्ने र दुई जना कानुन व्यवसायीबाट पदपूर्ति गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण