विश्व कप लिग २ः नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित
सारांश
- नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गर्दै विश्वकप लिग २ मा रोमाञ्चक जित हासिल गर्यो।
- टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३६ रन बनायो, जसमा आरिफ शेखको ८४ रनको योगदान महत्त्वपूर्ण रह्यो।
- नेदरल्याण्ड्स २२० रनमा अलआउट भएपछि नेपालले जित हासिल गर्यो, नन्दन यादवले ३ विकेट लिए।
काठमाडौँ। विश्व कप लिग २ अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो । जवाफी लक्ष्य पछ्याउन उत्रिएको नेदरल्याण्ड्स ४९.२ ओभरमै २२० रनमा अलआउट भएसँगै नेपालले १६ रनले जित हासिल गरेको हो।
नेपालको सुरुवात अपेक्षित रूपमा राम्रो हुन सकेन। ओपनर कुशल भुर्तेलले १८ रन बनाए भने अर्का ओपनर अनिल साह मात्र २ रनमै पवेलियन फर्किए। त्यसपछि भीम शार्की र कप्तान रोहित पौडेलले क्रमशः ३५–३५ रनको योगदान दिंदै पारीलाई सम्हाल्ने प्रयास गरे। तर इनिङ्सको आधार बने आरिफ शेख, जसले ८५ बलमा ७ चौका २ छक्कासहित ८४ रन बनाए ।
मध्य क्रममा दीपेन्द्र सिंह ऐरीले १६ रन, बसीर अहमदले ११ रन, करण केसीले ११ रन, नन्दन यादवले १० रन र सन्दीप लामिछानेले २ रन बनाए।
जवाफमा नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले आक्रामक सुरुवात गर्दै २७ रन बनाए, तर सन्दीप लामिछानेको बलमा एलबीडब्लु आउट भए। म्याक्स ओ’डाउड मात्र ४ रनमै रन आउट भए। वेस्ली बरेसीले ३६ रन र कप्तान स्कट एडवर्ड्सले ३० रन बनाए। अन्य ब्याट्सम्यानले टोलीलाई खासै योगदान गर्न सकेनन्। काइल क्लेनले २५, नोआ क्रोएसले २२ र टेजा निदामनुरुले १७ रन बनाए। पाउल भान मिकरेनले अन्त्यमा ६ रन बनाएर केही सङ्घर्ष गरे तर टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
बलिङतर्फ नेपालको लागि आजको खेलमा डेब्यु गरेका नन्दन यादवले शानदार प्रर्दशन गर्दै ३ विकेट लिए भने सन्दीप लामिछाने र ललित राजवंशीले २–२ विकेट हात पारे। करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिए।
नेदरल्याण्ड्सले खेलमा २७ अतिरिक्त रन बटुलेको थियो जसमा ११ वाइड, ५ लेग बाई, १० पेनाल्टी रन र १ नो बल समावेश थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण