‘मिरमिरे’मा प्रकाश सपुतको इन्ट्री

समाचार सारांश
- अभिनेता प्रकाश सपूत चलचित्र 'मिरमिरे' मा दयाहाङ राईसँगै अनुबन्धित भएका छन्।
- 'मिरमिरे' मा प्रकाश र दयाहाङ पहिलो पटक एकसाथ काम गर्दैछन्।
- चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ र २०८२ मा रिलिज हुनेछ।
काठमाडौँ । चलचित्र ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन् । अभिनेता दयाहाङ राईपछि प्रकाश यो चलचित्रमा भित्रिएका हुन् । ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन् ।
अन्य कलाकारबारे हालसम्म यो टिमले जानकारी दिएको छैन । 'हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ । केहीसँग कुरा भइरहेको छ,' निर्देशक यम शेर्पाले भने, 'हामी अहिले बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ ।'
प्रकाश यो चलचित्रमा अभिनेताका रूपमा मात्रै रहनेछन् वा साङ्गीतिक पाटोमा पनि जोडिनेछन् भन्नेबारे खुलाइएको छैन ।
अभिनेता प्रकाश सपूतले ‘मिरमिरे’मा जोडिन पाउँदा खुसी व्यक्त गरे । आफ्नो भूमिका विशेष र महत्त्वपूर्ण रहेको बताउँदै उनले यस चलचित्रले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे ।
यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने निर्देशक यमले जानकारी दिए । चलचित्रको निर्देशनसँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
‘मिरमिरे’लाई २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ औँ राष्ट्रपति रनिङ शिल्ड : सुदूरपश्चिमको छात्र टोलीको विजयी सुरुवात
-
अस्ट्रियाको विद्यालयमा गोलाबारी, मृत्यु हुनेको संख्या ११ पुग्यो
-
लस एन्जलसमा आंशिक कर्फ्युको घोषणा
-
तस्बिरमा हेर्नुहोस् राजा श्रीनिवास मल्लको सिंहासन
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’मा सहभागी हुन मलेसिया उडे आरभ