'महाराजधिराज'मा जोडिइन् उषा
सारांश
- चलचित्र 'महाराजधिराज' मा अभिनेत्री उषा रजकको पनि अभिनय रहने भएको छ। निर्माण पक्षले उनलाई महत्त्वपूर्ण भूमिकाका लागि छनोट गरेको छ।
- यसअघि आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह लगायतका कलाकार फाइनल भइसकेका छन्। विराज विष्टका अनुसार फिल्मले पुराना र नयाँ पुस्ताका कलाकारलाई एकैसाथ प्रस्तुत गर्नेछ।
- छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा बन्ने फिल्म आगामी फूलपातीमा प्रदर्शन हुनेछ। परिच्छेद सेनको निर्देशन र लेखन रहेको छ।
काठमाडौँ । फिल्म ‘महाराजधिराज’मा अभिनेत्री उषा रजकको पनि अभिनय रहने भएका छ । निर्माण युनिटले फिल्मको एक महत्त्वपूर्ण भूमिकाको लागि उनलाई छानेको हो । उनी भित्रिएसँगै फिल्मको मुख्य भूमिकाका कलाकार फाइनल भएको निर्माण युनिटले जनाएको छ ।
निर्देशक परिच्छेद सेनको निर्देशन रहने फिल्मका लागि यसअघि आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह, पुष्प खड्का, वर्षा राउत, वर्षा शिवाकोटी, गजित विष्ट, आशा पौडेल छानिएका थिए ।
‘महाराजधिराज’ पुराना र नयाँ पुस्ताका कलाकारहरूलाई मिसाएर दर्शकलाई फरक स्वाद दिने हिसाबले निर्माण गर्न लागिएको प्रस्तुतकर्ता विराज विष्टले जानकारी दिए । ‘हामीले अभिनयमा अनुभवी र चर्चित अनुहारहरूलाई समेटेका छौँ। अब केही सहायक भूमिकामा कलाकार चयन बाँकी छ । हाम्रो टोली मजबुत बनेको छ ।’
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ । ‘महाराजधिराज’का निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् ।
फिल्म आगामी फूलपातीमा देशभर प्रदर्शनमा ल्याइनेछ । फिल्म छायाङ्कनमा जाने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण