कञ्चनपुरमा असईमाथी हातपात गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौं । कञ्चनपुरको बेलौरी नाकामा प्रहरीको असईलाई हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।बेलौरी नाकास्थित कलकत्ता बजारमा भारतबाट ल्याएको मल बरामद गरेको निहुँमा स्थानियले असई बीर बहादुर चन्दमाथी हातपात गरेका हुन् ।
जेठ २१ मा भएको सो आक्रमणमा संलग्न तीन जनालाई पक्राउ गरिएको कञ्चनपुरका एसपी खड्ग बहादुर खत्रीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्बर ८ घर भएका ३२ वर्षीय राहुल राना, ६२ वर्षीय दुम्ली चौधरी र कालिराम चौधरी छन् ।
भारतबाट कलिराम चौधरीले ल्याएको युरिया मल बरामद गरेपछि विवाद हुँदा प्रहरीमाथी स्थानिय आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
जवान विष्णु उपाध्यायले मल बरामद गरेर चौकीतर्फ लगेपछि कलकत्ता बजारमा स्थानियले असईमाथि हातपात गरेका हुन् ।
आरोपीहरु विरुद्ध राष्ट्रसेवक प्रति अभद्र व्यवहार गरेको कसुरमा म्याद लिएर अनुसन्धान गरिने एसपी खत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण