बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

कञ्चनपुरमा असईमाथी हातपात गरेको आरोपमा तीन जना पक्राउ

बुधबार, २८ जेठ २०८२, १५ : ५९
बुधबार, २८ जेठ २०८२

काठमाडौं । कञ्चनपुरको बेलौरी नाकामा प्रहरीको असईलाई हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।बेलौरी नाकास्थित कलकत्ता बजारमा भारतबाट ल्याएको मल बरामद गरेको निहुँमा स्थानियले असई बीर बहादुर चन्दमाथी हातपात गरेका हुन् ।

जेठ २१ मा भएको सो आक्रमणमा संलग्न तीन जनालाई पक्राउ गरिएको कञ्चनपुरका एसपी खड्ग बहादुर खत्रीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्बर ८ घर भएका ३२ वर्षीय राहुल राना, ६२ वर्षीय दुम्ली चौधरी र कालिराम चौधरी छन् ।  

भारतबाट कलिराम चौधरीले ल्याएको युरिया मल बरामद गरेपछि विवाद हुँदा प्रहरीमाथी स्थानिय आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । 

जवान विष्णु उपाध्यायले मल बरामद गरेर चौकीतर्फ लगेपछि कलकत्ता बजारमा स्थानियले असईमाथि हातपात गरेका हुन् । 

आरोपीहरु विरुद्ध राष्ट्रसेवक प्रति अभद्र व्यवहार गरेको कसुरमा म्याद लिएर अनुसन्धान गरिने एसपी खत्रीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप