बर्दिबासका रेल्वे पीडितद्वारा रेल विभागमा पुनः धर्ना
सारांश
- बर्दिबासका रेल्वे पीडितहरू काठमाडौँमा पुनः आन्दोलनका लागि आएका छन् र विभागमा धर्ना दिए।
- रेल्वे कम्पनीका पूर्वमहाप्रबन्धक र महानिर्देशकबीचको छलफल निष्कर्षविहीन भयो, तर आयोग बनाएर समस्या समाधान गर्ने तयारी भइरहेको छ।
- पीडितहरूले लालपुर्जा नभएको जग्गाको मुआब्जाको माग गर्दै आएका छन् र भोलि भौतिक पूर्वाधार मन्त्रीसँग छलफल हुनेछ।
काठमाडौँ । बर्दिबासका रेल्वे पीडित आन्दोलनका लागि काठमाडौँमा पुनः काठमाडौँ आएका छन् । बुधबार रेल्वे पीडितहरू पुनः विभागमा आएर धर्ना दिएका हुन् ।
यससँगै रेलवे कम्पनीका पूर्वमहाप्रबन्धक गुरुप्रसाद भट्टराईको नेतृत्वमा विभागका महानिर्देशक अजय मूलसँग छलफल भएको थियो । उक्त छलफलमा महानिर्देशक मूलले आयोग बनाएर पीडितका समस्या सम्बोधन गर्ने तयारी भइरहेको जानकारी गराएका थिए ।
उक्त छलफलबाट कुनै निष्कर्ष भने आउन नसकेको पीडितहरुले बताएका छन् । बैठकबाट निष्कर्ष आउन नसकेपछि भोलि (बिहीबार) भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग छलफल गर्ने निर्णय भएको रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिए ।
‘१४ परिवार लालपुर्जा नभएको जग्गाको मुआब्जा पाउने आसामा लामो समयदेखि आन्दोलनरत छन् । उनीहरूको माग सम्बोधन नहुँदा विभागमा धर्नाका लागि आएका हुन्,’ भट्टराईले भने, ‘मेरै क्षेत्रका बासिन्दा भएको हुनाले मैले सहजीकरणका लागि महानिर्देशकज्यूसँग छलफल गरेको हुँ । उहाँले यथाशक्य चाँडो काम अघि बढाइने तयारी भएको बताउनुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण