शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

बर्दिबासका रेल्वे पीडितद्वारा रेल विभागमा पुनः धर्ना

बुधबार, २८ जेठ २०८२, १७ : ५८
बुधबार, २८ जेठ २०८२

समाचार सारांश

  • बर्दिबासका रेल्वे पीडितहरू काठमाडौँमा पुनः आन्दोलनका लागि आएका छन् र विभागमा धर्ना दिए।
  • रेल्वे कम्पनीका पूर्वमहाप्रबन्धक र महानिर्देशकबीचको छलफल निष्कर्षविहीन भयो, तर आयोग बनाएर समस्या समाधान गर्ने तयारी भइरहेको छ।
  • पीडितहरूले लालपुर्जा नभएको जग्गाको मुआब्जाको माग गर्दै आएका छन् र भोलि भौतिक पूर्वाधार मन्त्रीसँग छलफल हुनेछ।

काठमाडौँ । बर्दिबासका रेल्वे पीडित आन्दोलनका लागि काठमाडौँमा पुनः काठमाडौँ आएका छन् । बुधबार रेल्वे पीडितहरू पुनः विभागमा आएर धर्ना दिएका हुन् ।

यससँगै रेलवे कम्पनीका पूर्वमहाप्रबन्धक गुरुप्रसाद भट्टराईको नेतृत्वमा विभागका महानिर्देशक अजय मूलसँग छलफल भएको थियो । उक्त छलफलमा महानिर्देशक मूलले आयोग बनाएर पीडितका समस्या सम्बोधन गर्ने तयारी भइरहेको जानकारी गराएका थिए । 

उक्त छलफलबाट कुनै निष्कर्ष भने आउन नसकेको पीडितहरुले बताएका छन् । बैठकबाट निष्कर्ष आउन नसकेपछि भोलि (बिहीबार) भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग छलफल गर्ने निर्णय भएको रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिए । 

‘१४ परिवार लालपुर्जा नभएको जग्गाको मुआब्जा पाउने आसामा लामो समयदेखि आन्दोलनरत छन् । उनीहरूको माग सम्बोधन नहुँदा विभागमा धर्नाका लागि आएका हुन्,’ भट्टराईले भने, ‘मेरै क्षेत्रका बासिन्दा भएको हुनाले मैले सहजीकरणका लागि महानिर्देशकज्यूसँग छलफल गरेको हुँ  । उहाँले  यथाशक्य चाँडो काम अघि बढाइने तयारी भएको बताउनुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप