शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

इराकमा आफ्नो दूतावास आंशिक रूपमा खाली गर्दै अमेरिका

बिहीबार, २९ जेठ २०८२, ०४ : ४७
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • अमेरिकाले इराकस्थित आफ्नो दूतावास आंशिक रूपमा खाली गर्दैछ र केही कर्मचारी फिर्ता बोलाएको छ।
  • यो कदम इरानसँगको आणविक वार्ता रोकिएको र क्षेत्रीय तनाव बढेको पृष्ठभूमिमा चालिएको हुनसक्ने अनुमान छ।
  • इरानी रक्षामन्त्रीले वार्ता असफल भए अमेरिकी अड्डाहरूलाई लक्ष्य बनाउने चेतावनी दिएका छन्।

काठमाडौँ। अमेरिकाले इराकमा रहेको आफ्नो दूतावास आंशिक रूपमा खाली गर्ने भएको छ। 

राजधानी बगदादस्थित आफ्नो दूतावासबाट केही कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाएको हो। 

अमेरिकाले आफ्ना कर्मचारी फिर्ता बोलाउनुको ठोस कारण बारे केही नखुला पनि इरानसँगको आणविक वार्ता रोकिएको र क्षेत्रीय तनाव बढेको पृष्ठभूमिमा यो कदम चालेको हुन सक्ने बीबीसीले जनाएको छ। 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँग सम्झौताको सम्भावना न्यून रहेको बताएका छन्। इरानी रक्षामन्त्रीले वार्ता असफल भए अमेरिकी अड्डाहरूलाई लक्ष्य बनाउने चेतावनी दिएका छन्। रक्षा विभागका अनुसार इराकमा लगभग २ हजार ५ सय अमेरिकी सेनाहरू छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप