इराकमा आफ्नो दूतावास आंशिक रूपमा खाली गर्दै अमेरिका
बिहीबार, २९ जेठ २०८२, ०४ : ४७
सारांश
- अमेरिकाले इराकस्थित आफ्नो दूतावास आंशिक रूपमा खाली गर्दैछ र केही कर्मचारी फिर्ता बोलाएको छ।
- यो कदम इरानसँगको आणविक वार्ता रोकिएको र क्षेत्रीय तनाव बढेको पृष्ठभूमिमा चालिएको हुनसक्ने अनुमान छ।
- इरानी रक्षामन्त्रीले वार्ता असफल भए अमेरिकी अड्डाहरूलाई लक्ष्य बनाउने चेतावनी दिएका छन्।
काठमाडौँ। अमेरिकाले इराकमा रहेको आफ्नो दूतावास आंशिक रूपमा खाली गर्ने भएको छ।
राजधानी बगदादस्थित आफ्नो दूतावासबाट केही कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाएको हो।
अमेरिकाले आफ्ना कर्मचारी फिर्ता बोलाउनुको ठोस कारण बारे केही नखुला पनि इरानसँगको आणविक वार्ता रोकिएको र क्षेत्रीय तनाव बढेको पृष्ठभूमिमा यो कदम चालेको हुन सक्ने बीबीसीले जनाएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँग सम्झौताको सम्भावना न्यून रहेको बताएका छन्। इरानी रक्षामन्त्रीले वार्ता असफल भए अमेरिकी अड्डाहरूलाई लक्ष्य बनाउने चेतावनी दिएका छन्। रक्षा विभागका अनुसार इराकमा लगभग २ हजार ५ सय अमेरिकी सेनाहरू छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण