शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

तीनकुने घटना : आज सरकारी वकिलले जवाफ दिँदै

बिहीबार, २९ जेठ २०८२, ११ : २२
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक अन्तिम चरणमा पुगेको छ। सरकारी वकिल कार्यालयले जवाफ दिँदैछ।
  • प्रसाईं पक्षका वरिष्ठ अधिवक्ताहरूले बहस गरे भने सरकारी वकिलले जवाफ दिएपछि प्रतिवादीहरूलाई थुनामा पठाउने वा रिहा गर्ने आदेश आउनेछ।
  • काठमाडौँ जिल्ला अदालतका न्यायाधिश ध्रुवराज कार्कीको इजलासमा थुनछेक जारी छ। राज्यविरुद्ध र ज्यानसम्बन्धी कसुरका ५० जनामध्ये ३९ जना थुनामा छन्।

काठमाडौँ । तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक अन्तिम चरणमा पुगेको छ । बिहीबार काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलहरूले जवाफ दिँदै छन् । प्रतिवादी तर्फका कानुन व्यवसायीहरूले बहसमा उठाएको विषयहरूमा काठमाडौँका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित चार जनाले जवाफ दिँदैछन् ।

प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमन श्रेष्ठ, डा.सुरेन्द्र भण्डारी, टंक दुलाल, डा.भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लवकुमार मैनाली, अधिवक्ता दीपेन्द्र झा, रेनुकादेवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए ।

सरकारी वकिलले जवाफ दिएपछि प्रतिवादीहरूलाई थुनामा पठाउने वा रिहा गर्ने भन्ने आदेश आउँछ । काठमाडौँ जिल्ला अदालतका न्यायाधिश ध्रुवराज कार्कीको इजलासमा थुनछेक जारी छ । राज्यविरुद्ध र ज्यानसम्बन्धी कसुरका  ५० जना प्रतिवादीहरूमध्ये प्रसाईंसहित ३९ जना थुनामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप