सत्तापक्ष समक्ष माओवादीले प्रस्ताव गरेको दुई बुँदामा के छ ?
सारांश
- माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा सरकारलाई दुई बुँदे प्रस्ताव पेस गरेको छ, जसमा अख्तियारको छानबिनमा सहयोग र नीतिगत सुधारको कुरा छ।
- प्रस्तावमा उच्चस्तरीय छानबिन समितिको उल्लेख छैन, तर माओवादीले यो माग कायमै राखेको छ र सत्तापक्षको जवाफको प्रतीक्षामा छ।
- सुरुमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गरिएको थियो, तर पछि देउवा र प्रचण्डबीचको छलफलपछि यो रोकियो।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा सरकारसमक्ष दुई बुँदे अलिखित प्रस्ताव पेस गरेको पाइएको छ । उक्त दुई बुँदेमा उच्चस्तरीय संसदीय छानबिन समिति बनाउने कुरा उल्लेख नभएको ती नेताले दाबी गरेका छन् । ती नेताका अनुसार पहिलो बुँदामा अख्तियारले जुन छानबिन गर्दैछ । त्यसमा सरकारलाई पूर्णतया साथ दिने, दोस्रोमा अध्यागमन, भिसा प्रणाली लगायतमा भएका समस्याहरूबारे नीतिगत, कानुनी र संरचनागत ढङ्गले सुधार गर्ने रहेको छ ।
‘माओवादीले अलिखित दुई बुँदा प्रस्ताव गरेका छन् । प्रस्तावमा नीतिगत सुधार र अख्तियारको छानबिनमा सहयोग गर्ने भनिएको छ । उच्चस्तरीय छानबिन समिति केही उल्लेख छैन’, रातोपाटीसँग ती नेताले भने ।
तर दुई बुँदेबारे अहिलेसम्म माओवादीले सार्वजनिक गरेको छैन । प्रस्तावबारे माओवादीका प्रमुख सचेतक हितराज पाण्डेसँग प्रतिक्रिया लिँदा उनले आफूले लिखित रूपमा कुनै प्रस्ताव नगरेको तर उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग यथावत् रहेको जिकिर गरेका छन् । त्यसको जवाफ अहिलेसम्म नआएको उनले जानकारी दिए ।
सत्तापक्षले जवाफ नदिएसम्म संसद्को अवरोध कायमै राख्ने अडान लिएको छ । सुरुमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत जोडिएकाले राजीनामा दिनुपर्ने माग राखेर संसदमा अवरोध गरेको थियो । पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डबिच छलफल भएपछि राजीनामाबाट पछि हटेको थियो ।
मङ्गलवार सत्तापक्षसँग भएको छलफल पछि २०६४ देखि अहिलेसम्म भएका भिसा प्रकरणमा भएको समस्या समाधानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार भए संसद अवरोध हटाउने प्रस्ताव गरेको दाबी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण