यु–१६ क्रिकेटका उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति प्रदान
सारांश
- ग्रेस इन्टरनेशनलले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई छात्रवृत्ति प्रदान गर्यो।
- मिड भ्याली एसएस कलेजसँगको सहकार्यमा, सात प्रदेशका उत्कृष्ट खेलाडीहरूलाई कक्षा ११ र १२ निःशुल्क पढाइनेछ।
- कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गरे।
सुर्खेत । ग्रेस इन्टरनेशनलले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ । मिड भ्याली एसएस कलेज सानोठिमी भक्तपुरको सहकार्यमा ग्रेस इन्टरनेशनलले सात प्रदेशका एक एक जना खेलाडीलाई कक्षा ११ र १२ निःशुल्क पढाउने भएको हो ।
वीरेन्द्रनगरमा जारी यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू रबिन मण्डल (कोशी), रुपेश यादव (मधेस), रोमन भट्टराई (बाग्मती) , प्रकाश खनाल (गण्डकी), दक्ष ठाकुर (लुम्बिनी), कैलाश खड्का (कर्णाली) र लोकेश चन्द (सुदूरपश्चिम) लाई छात्रवृत्तिमा अध्ययनका लागि प्रमाणपत्र प्रदान गरिएको छ । कालुङचोक क्रिकेट मैदानमा बिहीबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले प्रमाणपत्र प्रदान गरे ।
ग्रेस इन्टरनेशनल सुर्खेतका निर्देशक विशाल ढकालले खेलाडीहरूको प्रोत्साहन एवं सम्मानका लागि छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए । कार्यक्रममा ग्रेस इन्टरनेशनलले नेपाल क्रिकेट सङ्घ, कर्णाली प्रदेशलाई क्रिकेट सामग्रीहरू समेत प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण