शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यु–१६ क्रिकेटका उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति प्रदान

बिहीबार, २९ जेठ २०८२, १४ : २९
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • ग्रेस इन्टरनेशनलले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई छात्रवृत्ति प्रदान गर्यो।
  • मिड भ्याली एसएस कलेजसँगको सहकार्यमा, सात प्रदेशका उत्कृष्ट खेलाडीहरूलाई कक्षा ११ र १२ निःशुल्क पढाइनेछ।
  • कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गरे।

सुर्खेत । ग्रेस इन्टरनेशनलले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ । मिड भ्याली एसएस कलेज सानोठिमी भक्तपुरको सहकार्यमा ग्रेस इन्टरनेशनलले सात प्रदेशका एक एक जना खेलाडीलाई कक्षा ११ र १२ निःशुल्क पढाउने भएको हो । 

वीरेन्द्रनगरमा जारी यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू रबिन मण्डल (कोशी), रुपेश यादव (मधेस), रोमन भट्टराई (बाग्मती) , प्रकाश खनाल (गण्डकी), दक्ष ठाकुर (लुम्बिनी), कैलाश खड्का (कर्णाली) र लोकेश चन्द (सुदूरपश्चिम) लाई छात्रवृत्तिमा अध्ययनका लागि प्रमाणपत्र प्रदान गरिएको छ । कालुङचोक क्रिकेट मैदानमा बिहीबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले प्रमाणपत्र प्रदान गरे । 

ग्रेस इन्टरनेशनल सुर्खेतका निर्देशक विशाल ढकालले खेलाडीहरूको प्रोत्साहन एवं सम्मानका लागि छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए । कार्यक्रममा ग्रेस इन्टरनेशनलले नेपाल क्रिकेट सङ्घ, कर्णाली प्रदेशलाई क्रिकेट सामग्रीहरू समेत प्रदान गरेको थियो ।

ICC CWC League 2, 2023-27 ICC CWC League 2, 2023-27

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप