स्कटल्याण्डका जर्ज मुन्से बने एकदिवसीयमा सबैभन्दा उच्च स्कोर बनाउने एसोसिएट ब्याटर
काठमाडाै । जर्ज मुन्सेले बिहीबार दिन नेदरल्यान्ड्सविरुद्ध डन्डीमा खेलेको खेलमा स्कटल्याण्डका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्मकै सर्वोच्च व्यक्तिगत स्कोर बनाए। यो एसोसिएट राष्ट्रका कुनै पनि ब्याट्सम्यानले बनाएको सबैभन्दा ठुलो स्कोर पनि हो।
३२ वर्षीय मुन्सेले आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गतको खेल १५० बलमा १९१ रनको धुवाँदार इनिङ्स खेले। यसअघि यो कीर्तिमान कालम म्याक्लियोडको नाममा थियो, जसले सन् २०१४ मा क्यानडाविरुद्ध क्राइस्टचर्चमा १४१ बलमा १७५ रन बनाएका थिए।
ओपनर मुन्सेले आफ्नो इनिङ्समा १४ चौका र ११ छक्का प्रहार गरे। उनी स्कटल्याण्डका लागि दोहोरो शतक (२०० रन) बनाउने पहिलो खेलाडी बन्ने अवस्थामा थिए। तर ४९ औँ ओभरमा भिभियन किङ्माले उनलाई बोल्ड गरे।
मुन्सेको विस्फोटक ब्याटिङका कारण स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३६९ रन बनायो। यो स्कटल्याण्डको एकदिवसीय इतिहासमा तेस्रो उच्च स्कोर हो । टोलीले यसअघि सन् २०२५ मै नेदरल्यान्ड्सविरुद्ध ३८० रन र सन् २०१८ मा इङ्ल्यान्डविरुद्ध ३७१ रन बनाएको थियो।
एकदिवसीय क्रिकेटमा एसोसिएट खेलाडीहरूले बनाएका उच्च स्कोरहरूः
१९१ – जर्ज मुन्से (स्कटल्याण्ड) विरुद्ध नेदरल्यान्ड्स, डन्डी, २०२५
१७५ – कालम म्याक्लियोड (स्कटल्याण्ड) विरुद्ध क्यानडा, क्राइस्टचर्च, २०१४
१७३८– जस्करण मल्होत्रा (अमेरिका) विरुद्ध पपुआ न्यू गिनी, अल अमेरात, सन् २०२१
१५७८– कालम म्याक्लियोड (स्कटल्याण्ड) विरुद्ध अफगानिस्तान, बुलावायो, २०१८
१५६ – काइल कोएट्जर (स्कटल्याण्ड) विरुद्ध बंगलादेश, नेल्सन, २०१५
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण