शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
दुर्घटना

वीरगन्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर

शुक्रबार, ३० जेठ २०८२, १० : ०५
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • वीरगन्ज महानगरपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
  • दुर्घटनामा एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकमा बागमती प्रदेश ०३-००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
  • मृत्यु हुनेहरूमा पर्सा छिपहरमाई गाउँपालिकाका रामाकान्त यादव र विजय यादव रहेका छन् भने घाइतेको अवस्था चिन्ताजनक छ।

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । महानगरपालिकाको वडा नम्बर–२२ स्थित ड्राईपोर्ट सडकखण्ड अन्तर्गत सिताराम चौकमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

प्रहरीका अनुसार आज बिहान करिब ५ बजेको समयमा बिग्रिएर रोकिराखिएको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकको सिरसिया डाईपोर्टतर्फ गइरहेको बागमती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। 

मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तीनजना युवकहरूमध्ये उपचारका क्रममा आज बिहानै दुई जनाको मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । 

 प्रहरीका मृत्यु हुनेहरूमा पर्सा छिपहरमाई गाउँपालिका–३ झलमैया टोल निवासी रामाकान्त यादव र सोही ठाउँका विजय यादव रहेका छन् । भने गम्भीर घाइते भएका २२ वर्षीय विजय कुमार यादव रहेको प्रहरीले जानकारी दिएको छ । 

उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र हाल उनको अवस्था चिन्ताजनक रहेको जनाइएको जनाइएको छ ।

दुवै सवारी साधन घटनास्थलमै रहेता पनि ट्रक चालक भने फरार रहेकोले उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। 

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप