सरकारले विद्युत् प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः शेखर कोइराला
शुक्रबार, ३० जेठ २०८२, १६ : ५६

समाचार सारांश
- डा. शेखर कोइरालाले सरकारलाई विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला नगर्न आग्रह गरे।
- उनले बक्यौता नउठाए देश र प्राधिकरणको अवस्था नाजुक हुने चेतावनी दिए।
- ऊर्जा मन्त्री दिपक खड्काले विद्युत ऐन चाँडै संसदबाट पास हुने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले विद्युत् प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न नहुने बताएका छन् ।
शुक्रबार काठमाडौँमा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औँ महाधिवेशन उद्घाटन गर्दै कोइरालाले विद्युत् प्राधिकरणको बक्यौता छिटो भन्दा छिटो उठाउनुपर्ने बताएका हुन् । उनले बक्यौता उठाएन भने प्राधिकरण र देशको अवस्था नाजुक हुने बताए ।
उठाउनुपर्ने पैसा चाहिँ नउठाउने अनि प्राधिकरण धराशायी हुँदैछ भन्ने कुरा गलत भएको उनको भनाइ छ । प्राधिकरणले व्यवसायीक घरानाबाट कम्तीमा पनि २३ अर्ब उठाउनुपर्ने देखिएको उनले बताए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले विद्युत् ऐन चाँडो संसदबाट पास हुने चरणमा रहेको बताउँदै मुलुकको आवश्यकतालाई हेरेर सरकारले आफ्ना निकायलाई परिस्कृत गर्दै लैजाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन
-
जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प छैन: वनमन्त्री ठकुरी
-
एमालेका दुई युवा नेताको टिप्पणी : दुई बुँदे सहमतिले माओवादी र पलेँटी आन्दोलनले रास्वपालाई धूलिसात् बनायो
-
‘रुग्ण उद्योग पुनर्जीवन गर्न जग्गा सरकारको र व्यवस्थापन निजी क्षेत्रको जिम्मामा हुनुपर्छ’
-
अन्योलमा धुलिखेल–खावा सडक: ठेक्का रद्दपछि पनि पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेन
-
हचुवाको भरमा रुग्ण उद्योगको सञ्चालन नगरौँ