एमालेका दुई युवा नेताको टिप्पणी : दुई बुँदे सहमतिले माओवादी र पलेँटी आन्दोलनले रास्वपालाई धूलिसात् बनायो
_Tx0fyAsC4l.png)
समाचार सारांश
- एमालेका युवा नेताहरूले माओवादी केन्द्र र रास्वपाका पछिल्ला गतिविधिप्रति कटाक्ष गरेका छन्।
- सूर्य थापा र विष्णु रिजालले माओवादीको दुई बुँदे सहमति र रास्वपाको आन्दोलनलाई लिएर टिप्पणी गरेका छन्।
- नेताहरूले माओवादीको लोकप्रियता घटेको र रास्वपाको अवस्थाबारे विभिन्न टिप्पणी गरेका छन्।
काठमाडौँ । नेकपा एमालेका दुई जना युवा नेताले नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका पछिल्ला गतिविधिप्रति कटाक्ष गरेका छन् ।
संसदमा सत्तापक्षसँग माओवादीले गरेको दुई बुँदे सहमति र रास्वपाको पलेँटी आन्दोलनले दुवैलाई धूलिसात् बनाएको टिप्पणी गरेका हुन् ।
एमाले पार्टी पोलिटब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्य थापा र केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमा लेख्दै माओवादीको लोकप्रियता संसदमा गरेको दुई बुँदे सहमतिले उदाङ्गो पारेको बताए । पोलिटब्युरो सदस्य थापाले दुई बुँदे सहमतिले माओवादीको लोकप्रियताको प्वाँख काटिएको टिप्पणी गरेका छन् भने केन्द्रीय सदस्य रिजालले दुई बुँदे सहमतिको टालोले माओवादीले मुख छोपेको उल्लेख बताएका छन् ।
थापाले माओवादी अध्यक्ष प्रचण्ड आफैँलाई हेर्दै दङ्ग पर्ने गरेको टिप्पणी गर्दै तर हाल आएर माओवादीको ऐना हेरेर हाँस्न र रुन नमिल्ने गरी झर्यामझुरुम भएको बताएका छन् ।
‘म त असाध्यै लोकप्रिय भएको छु भन्दै हुलाकी र मध्यपहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दुःख पनि धूलिसातै भयो’ थापाले प्रचण्डप्रति व्यङ्ग्य गर्दै लेखेका छन्, ‘आफैँलाई हेर्दै मुस्कुराउँदै दङ्ग पर्दै गरेको ऐना पनि झर्यामझुरुम भयो फेरि हेरेर हाँस्न र रुन नमिल्ने गरी । माओवादी केन्द्रकै नेता कार्यकर्ताले आजकल नेतृत्वको श्रद्धा होइन, श्राद्ध पो गरिरहेका छन् ।’
उनले प्रचण्डले ०८४ को आमनिर्वाचनमा बहुमत आउँछ भनेर गरेको दाबीको पनि उल्टो हिसाब दिएका छन् । ‘२७५ को बहुमत १३८ होइन,३२ को बहुमत १७ सम्म , १७ को बहुमत ९ त आउला कामना गरौँ, ’ थापाले लेखेका छन् । राजनीतिक पार्टीको गलत माग र जबरजस्ती गर्दाको परिणामको उदाहरण माओवादी भएको उल्लेख गर्दै थापाले गलत मागलाई अझ अघि बढाए रास्वपा जस्तो हुने चेतावनी पनि दिएका छन् ।
‘एकदिन पनि उभिएर नारा लगाउन नसकी थचक्क बस्नुपर्ने र भुँइमा निदाउनु पर्नेले के तमासा गर्नु बजेट छलफललाई अवरोध गरेर’, थापाको भनाइ छ ।
केन्द्रीय सदस्य रिजालले दुई बुँदे सहमतिका कारण माओवादी बाहिर मात्र हैन आफैँभित्र पनि तीव्र रूपमा आलोचित भइरहेको उल्लेख गरेका छन् ।
‘रविजी जेलमा हुनुहुन्छ र उहाँलाई संसद चल्नु र नचल्नुसँग मतलब छैन । संसदमा रास्वपा नेतृत्वविहीन छ र गृहमन्त्रीको राजीनामा मागमा नराम्री फसेको छ ’ रिजालले लेखेका छन्, ‘रास्वपाले जति अवरोध गर्छ,त्यति अप्ठेरोमा पर्छ । जब पछि हट्छ, त्यसपछि माओवादीको भन्दा बढी आलोचना हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत