मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

समाचार सारांश
- बेल्जियममा मगर संघको छैटौं अधिवेशन सम्पन्न भयो, जसमा कल्पना मगर अध्यक्षमा निर्विरोध निर्वाचित भइन्।
- अधिवेशनले विभिन्न पदमा हिमाल बुढा मगर, सन्दर्भ पुन, कृष्ण कुमारी पुन, दीपक थापा लगायतलाई चयन गर्यो।
- कार्यक्रममा नेपाली राजदूत सेवा लम्साल र अन्य संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बेल्जियम । मगर संघ बेल्जियमको छैटौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर स्थायी घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।
यसैगरी उपाध्यक्षमा रोल्पाका हिमाल बुढा मगर, सचिवमा दुई जना बागलुङका सन्दर्भ पुन र गुल्मीकी कृष्ण कुमारी पुन चयन भएका छन्। कोषाध्यक्षमा गुल्मीकै दीपक थापा, सह-कोषाध्यक्षमा बागलुङका क्षेत्र थाप र सांस्कृतिक विभाग संयोजकमा गोरखाका अमर रानाले जिम्मेवारी पाएका छन्। लेखा समितिको संयोजकमा म्याग्दीका मोहन रोका चयन भएका छन्।
सदस्यहरूमा रुकुमका सुजीत बुढा मगर र सतमान पुन, रोल्पाका श्याम बुढा मगर, म्याग्दीका पुरन पुन, दाङका मिलन पुन, तथा सोलुखुम्बुकी दिलमाया मगर रहेका छन्। कार्यसमितिमा विभिन्न जिल्लाका महिला र युवा प्रतिनिधित्वलाई समेटिएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली राजदूत सेवा लम्साल (बेनेलक्स राष्ट्रहरू तथा युरोपियन युनियन)को उपस्थिति रहेको थियो।
विशेष अतिथिका रूपमा अन्तर्राष्ट्रिय मगर महासंघ महासचिव तथा आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्ति मगर, अन्तर्राष्ट्रिय मगर महासंघ युरोप संयोजक नेत्र मगर, एनआरएनए बेल्जियमकी अध्यक्ष सिता सापकोटा, तथा ज्येष्ठ नागरिक तथा विशिष्ट अतिथि लाल प्रसाद पाइजाको लगायत बेल्जियममा क्रियाशील दर्जनौँ संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत