रुसद्वारा १२०० युक्रेनी सैनिकहरूको शव फिर्ता
सारांश
- रुसले १,२०० युक्रेनी सैनिकको शव फिर्ता गर्यो, जुन युद्धपछिको ठूलो शव फिर्ता प्रक्रिया हो।
- यो फिर्ता इस्तानबुलमा भएको शान्ति वार्ताको सम्झौता अनुसार भएको हो, तर रुसले एकतर्फी भएको दाबी गरेको छ।
- युक्रेनले मृतक सैनिकको शव फिर्ता नगरेको आरोप छ, भने रुसले कैदी आदानप्रदान स्थगित गरेको जनाएको छ।
मस्को । रुसले १,२०० जना युक्रेनी सैनिकहरूको शव कीएभलाई फर्काएको छ । यसलाई युद्ध सुरु भएको तीन वर्षभन्दा बढी समयपछि भएको सबैभन्दा ठुलो शव फिर्ता प्रक्रिया मध्येको एक मानिएको छ।
शुक्रबार भएको यो फिर्ता पछिल्लो महिनामा इस्तानबुलमा सम्पन्न शान्ति वार्ताको सम्झौताअनुसार गरिएको हो। तर, मास्कोले यो प्रक्रिया एकतर्फी भएको दाबी गर्दै आएको छ।
युक्रेनले आफ्ना मृतक सैनिकहरूको शव फिर्ता भने नगरेको आरोप लगाइएको छ। रुसको सरकारी समाचार संस्था ताससँग बोल्दै एक अज्ञात स्रोतले भने, ‘आज, रुसले युक्रेनका सशस्त्र बलका १,२०० मृत सैनिकहरूको शव हस्तान्तरण गर्यो। तर, एकजना पनि हाम्रोतर्फबाट फिर्ता गरिएको छैन।’
त्यसैगरी, रूसी राष्ट्रपति सहयोगी भ्लादिमिर मेदिन्स्कीले पनि युक्रेनले ७ जुनमा हुने भनिएको शव तथा कैदी आदानप्रदान प्रक्रिया अचानक स्थगित गरेको र यसबारे कुनै सार्वजनिक स्पष्टीकरण नदिएको दाबी गरे ।
अल जजिरा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण