अछामको रामारोशन सडक खण्डमा सुख्खा पहिरो, सडक अवरुद्ध
शनिबार, ३१ जेठ २०८२, १२ : २१
सारांश
- अछामको रामारोशन गाउँपालिकामा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
- बिहान ४:१५ बजेतिर पहिरो खसेको र २५ मिटर सडकखण्ड पूर्ण रूपमा बन्द भएको स्थानीयले बताएका छन्।
- प्रहरी टोली घटनास्थलतर्फ खटिएको र सडक खुलाउन स्थानीय तहसँग समन्वय भइरहेको छ।
अछाम । अछाम जिल्लाको रामारोशन गाउँपालिका–५ सैनि रसुबे स्थित शान्तडा–रामारोशन भित्री कच्ची सडक खण्डमा आज बिहान सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
स्थानीयवासीको अनुसार बिहान करिब ४ः१५ बजे सडक माथिबाट सुख्खा पहिरो खस्दा करिब २५ मिटर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण सवारी आवागमनमा अवरोध उत्पन्न भएपछि स्थानीयले बिहान ८:०० बजे अस्थायी प्रहरी चौकी चौतारामा टेलिफोनमार्फत जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी चौताराबाट प्रहरी सहायक निरीक्षक चन्द्र सिंह पालीको कमान्डमा तीन जना प्रहरीको टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
हाल अवरोध हटाउने कार्य स्थानीय तहसँग समन्वय गर्दै अघि बढाइएको र सडक यथाशक्य चाँडो सुचारु गरिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण