शिक्षा क्षेत्रमा देखिएका समस्याहरूमा विगतको नेतृत्व दोषी : कांग्रेस सांसद भण्डारी
सारांश
- कांग्रेस सांसद चन्द्र भण्डारीले शिक्षा क्षेत्रका समस्याका लागि विगतको नेतृत्वलाई दोष दिए। उनले ऐन कानुन समयमै नबन्दा समस्या आएको बताए।
- भण्डारीले २८ हजार विद्यालय सञ्चालनमा आए पनि १७ हजार बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै सरकारी विद्यालयप्रतिको अविश्वास चुनौती रहेको बताए।
- सांसद भण्डारीले शिक्षा विधेयक निर्माणमा गम्भीर बन्नुपर्ने र शिक्षकको सेवा सुविधाका साथै कर्तव्यमा ध्यान दिनुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालको शिक्षा क्षेत्रमा देखिएका समस्याहरूमा विगतको नेतृत्व दोषी रहेको बताएका छन् । शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भण्डारीले समयमै ऐन कानुन निर्माण हुन नसक्दा अहिलेका समस्या आइरहेको बताएका हुन् ।
उनले पुर्खाहरूले मुलुकभर २८ हजार विद्यालय सञ्चालनमा ल्याएको भए पनि करिब १७ हजार विद्यालय बन्द हुने अवस्थामा पुगेको स्पष्ट पारे । सरकारी विद्यालयलाई विश्वास गर्ने वातावरण बन्न नसक्नु सबैभन्दा ठुलो चुनौतीका रूपमा रहेको उनको भनाइ छ ।
उनले भने, ‘आज हामी जे छलफल गरिरहेका छौँ । नेपालमा शिक्षा क्षेत्रमा जे समस्याहरू देखिरहेका छन् । विगत पनि दोषी छ विगतको नेतृत्व पनि दोषी छ । जसले समयमा ऐन ल्याउन सकेन, छलफल गर्न सकेन । हाम्रो पुर्खाले हाम्रो देशमा २८ हजार विद्यालय सञ्चालन गरे पनि २८ हजारमा १७ विद्यालयहरू बन्द हुँदै छ । हामी कहाँनेर चुक्यौँ त्यो महत्त्वपूर्ण प्रश्न हो । के कारण हाम्रा बच्चाहरू सरकारी स्कुलमा जाँदैनन् । के कारण सरकारी विद्यालयमा विश्वास गर्दैनन् त्यो सबैभन्दा ठुलो चुनौती हो ।’
शिक्षा प्रणाली राम्रो नहुँदा मुलुकलाई अगाडि बढाउनसमेत समस्या हुने बताउँदै सांसद भण्डारीले ऐन कानुन निर्माणमा गम्भीर बन्न नसक्दा वर्तमानको परिस्थिति सिर्जना भएको उनको भनाइ थियो । उनले शिक्षकका सेवा सुविधाका कुरासँगै आफूहरूको कर्तव्यका विषयमा गम्भीर बन्नुपर्ने अवस्था आएको स्पष्ट पारे ।
उनले भने, ‘यसमा हामी सबैभन्दा पहिले गम्भीर हुनुपर्छ । र, नेपाल सरकारले प्रस्तुत गरेको शिक्षा विधेयकले राम्रो प्रतिनिधित्व गर्न सकेन भनेर शिक्षकहरू आन्दोलनमा आए । हामीले उपसमिति गठन गरेर करेक्सन गर्यौ । मन्त्रालयले सम्झौता गरेर भर्खर पेस गरेको छ । मुलुकको शिक्षा राम्रो भएन भने हामीले मुलुकलाई अगाडि बढाउन सक्दैनौँ । आज युवाहरूले भनेजस्तै सूर्यले आफू जलेर प्रकाश दिन्छ हामी पनि जलौँ भनेको हैन । हामी अलि गम्भीर बन्नुपर्छ । हामी गम्भीर बन्न नसक्दा यो परिस्थिति आयो । तर, हामीले अहिले अधिकारका कुरा गरौँ । शिक्षकले सेवा सुविधाका कुरा गरे तर हाम्रो कर्तव्य के हो हामीले कस्ता विद्यार्थी उत्पादन गर्ने ? म यो शिक्षा क्षेत्रमा वामपन्थी धार, चीनका कुरा ती पाँच वर्ष मुनीको बच्चा कस्तो हुनुपर्छ भन्ने कुरामा कर्तव्यको कुरै गरेनौँ । नैतिक शिक्षाको बारेमा, सुरक्षाको बारेमा, अतिथिको बारेमा र स्वयं पाँच वर्ष मुनिका बच्चाले के गर्छ भन्ने विषयमा कहिल्यै छलफल नै गरेनौँ । हामीले लगानी त गरौँ तर कस्तो सीप दिने त्यसमा हाम्रो गल्ती हो कि ? शिक्षकको गल्ती हो कि ? त्यसतर्फ सोच्नुपर्छ ।’
उनले आफ्ना कमीकमजोरी सच्याउँदै यथार्थ धरातलमा पुगेर शिक्षा विधेयक बनाउने विषयतर्फ ध्यान दिनुपर्ने बताए ।
उनले थपे, ‘हामीले यसबारेमा अलि गम्भीर हुनुपर्ने समय आएको छ । त्यस कारण हामी अधिकारका कुरासँगै कर्तव्यको पनि कुरा गरौँ । हामीले शिक्षकसँग कुरा गर्दा कर्तव्यको पनि कुरा गरौँ । १५ हजार विद्यालय त्यसै बन्द हुँदै छ अब टिचर नै पाइँदैन भने कसरी सुधार गर्ने ? हामी कहाँनेर चुकिरहेका छौँ भन्ने विषयमा निकास दिनुपर्छ । कस्तो अभिभावक, कस्तो समाज बनाउने भन्ने विषयमा हामी आफैँले बनाउने हो । हाम्रो मुलुकलाई कस्तो शिक्षा बनाउने र कुन शास्त्रहरू प्रयोग गर्ने भन्ने विषयमा गम्भीर बन्नुपर्छ । यसमा हामी गम्भीर बनेका छौँ जस्तो लाग्दैन । अब हामी राजनीतिक गर्ने शिक्षकलाई हटाउने कि उनीहरूको सेवा सुविधा बढाउने ? हाम्रा धेरै कुरामा कमी,कमजोरी छन् यो सबै जिम्मा राज्यले लिनुपर्छ । अब हामीले यथार्थ धरातलमा पुगेर शिक्षा विधेयक बनाउने विषयतर्फ ध्यान दिनुपर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण