इरानी सहर इस्फहानलाई इजरायलले बनायो निशाना
आइतबार, ०१ असार २०८२, १२ : २६
सारांश
- इजरायलले इरानको इस्फहानमा हवाई आक्रमण गरेको छ, जुन इरानको आणविक पूर्वाधारको महत्त्वपूर्ण हिस्सा हो।
- इस्फहान नजिकै सैन्य संरचनाहरूमा ठूलो एयरबेस र मिसाइल उत्पादन कारखानाहरू छन्, जहाँ पहिले पनि आक्रमण भएको थियो।
- इरानले यी सुविधाहरू शान्तिपूर्ण उद्देश्यका लागि मात्र प्रयोग गरेको बताएको छ, तर इजरायल र अन्य देशहरूले आणविक हतियार बनाइरहेको शंका गरेका छन्।
तेहरान । इजरायलले आइतबार इरानको प्रमुख सहर इस्फहानमा हवाई आक्रमण गरेको छ । मध्य इरानमा अवस्थित इस्फहानको कन्भर्जन प्लान्ट इरानको आणविक पूर्वाधारको अहम् हिस्सा हो । इरानका अन्य सहरहरूमा अवस्थित युरेनियम खानी र अन्य प्लान्टहरू पनि यस पूर्वाधारको हिस्सा हुन् ।
इरानको इस्फहान नजिकै धेरै प्रमुख सैन्य संरचनाहरू पनि छन्, जसमा ठुलो एयरबेस र मिसाइल उत्पादन कारखाना पनि छन् । २०२४ को अप्रिलमा इजरायलले यस क्षेत्रमा रहेको एक एयरफिल्डमा पनि आक्रमण गरेर त्यहाँ रहेको एयर डिफेन्स सिस्टमलाई क्षति पुर्याएको थियो ।
इरानले इस्फहानमा रहेका यी सबै सुविधाहरू शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको बताएको छ । तर इरानले गोप्य रूपमा आणविक हतियार बनाउन प्रयोग गरिरहेको शंका इजरायल र धेरै पश्चिमी देशहरूको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण