इरानी सहर इस्फहानलाई इजरायलले बनायो निशाना
आइतबार, ०१ असार २०८२, १२ : २६

समाचार सारांश
- इजरायलले इरानको इस्फहानमा हवाई आक्रमण गरेको छ, जुन इरानको आणविक पूर्वाधारको महत्त्वपूर्ण हिस्सा हो।
- इस्फहान नजिकै सैन्य संरचनाहरूमा ठूलो एयरबेस र मिसाइल उत्पादन कारखानाहरू छन्, जहाँ पहिले पनि आक्रमण भएको थियो।
- इरानले यी सुविधाहरू शान्तिपूर्ण उद्देश्यका लागि मात्र प्रयोग गरेको बताएको छ, तर इजरायल र अन्य देशहरूले आणविक हतियार बनाइरहेको शंका गरेका छन्।
तेहरान । इजरायलले आइतबार इरानको प्रमुख सहर इस्फहानमा हवाई आक्रमण गरेको छ । मध्य इरानमा अवस्थित इस्फहानको कन्भर्जन प्लान्ट इरानको आणविक पूर्वाधारको अहम् हिस्सा हो । इरानका अन्य सहरहरूमा अवस्थित युरेनियम खानी र अन्य प्लान्टहरू पनि यस पूर्वाधारको हिस्सा हुन् ।
इरानको इस्फहान नजिकै धेरै प्रमुख सैन्य संरचनाहरू पनि छन्, जसमा ठुलो एयरबेस र मिसाइल उत्पादन कारखाना पनि छन् । २०२४ को अप्रिलमा इजरायलले यस क्षेत्रमा रहेको एक एयरफिल्डमा पनि आक्रमण गरेर त्यहाँ रहेको एयर डिफेन्स सिस्टमलाई क्षति पुर्याएको थियो ।
इरानले इस्फहानमा रहेका यी सबै सुविधाहरू शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको बताएको छ । तर इरानले गोप्य रूपमा आणविक हतियार बनाउन प्रयोग गरिरहेको शंका इजरायल र धेरै पश्चिमी देशहरूको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलथल जङ्गलमा भेटियो दुर्लभ कछुवा
-
सुदूरपश्चिम प्रदेशको बजेट: फेरि पनि कर्मकाण्डमै सीमित
-
इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुनसक्छ : ट्रम्प
-
अहमदावाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
कोशी प्रदेशः बजेट वक्तव्यमा दुई थरी दाबी, कुन पत्याउने ?