आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

ट्रम्पले गत वर्ष कमाए ६० करोड डलर

आइतबार, ०१ असार २०८२, १२ : २७
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२४ मा क्रिप्टोकरेन्सी र अन्य व्यवसायबाट ६०० मिलियन डलर कमाए।
  • ट्रम्पले मीम क्वाइन र वल्र्ड लिबर्टी फाइनान्सियलबाट उल्लेख्य आम्दानी गरे, जसमा क्रिप्टोकरेन्सी र टोकन बिक्री समावेश थियो।
  • ट्रम्पले बाइबल, घडी, र डिजिटल ट्रेडिंग कार्ड बेचेर पनि लाखौं डलर कमाए, उनको कुल नेटवर्थ १.६ बिलियन डलर रहेको अनुमान छ।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२४ मा ६०० मिलियन डलर कमाएका छन् । यो रकम उनले क्रिप्टोकरेन्सी, गल्फ क्लब, लाइसेन्स र अन्य व्यवसायबाट पनि कमाएका हुन् । यो रकममा बाइबल बेचेर आएको पैसा पनि सामेल छ । ट्रम्पको कूल नेटवर्थ १ अर्ब ६० करोड डलर रहेको अनुमान गरिएको छ । 

शुक्रबार जारी गरिएको पब्लिक फाइनान्सियल डिस्क्लोजर प्रतिवेदन अनुसार, ट्रम्पले गत वर्ष क्रिप्टोमा लगानी गरेर धेरै कमाएका थिए । साथै, उनले घर जग्गा परियोजनाहरू र गल्फ रिसोर्टहरूबाट पनि आम्दानी गरेका थिए । २०२४ को सुरुमा, ट्रम्पले मीम क्वाइन $TRUMP  सुरु गरे । ट्रम्पले यो डिजिटल मुद्राबाट मात्र लगभग ३२ करोड डलर कमाएको अपेक्षा गरिएको छ । 

यसबाहेक, ट्रम्प परिवारले वल्र्ड लिबर्टी फाइनान्सियल नामक विकेन्द्रीकृत वित्त कम्पनीबाट ४० करोड डलरभन्दा बढी कमाएका छन् । ट्रम्पसँग यस कम्पनीको लगभग १५ अर्ब ७५ करोड गभर्नेन्स टोकन छन् । कम्पनीसँग सम्बन्धित टोकन बिक्रीबाट व्यक्तिगत रूपमा उनले  ५ करोड ७३ लाख ५० हजार डलर कमाएका छन् । 

ट्रम्पले ग्रीनवुड बाइबल बेचेर १३ लाख डलर रोयल्टी आम्दानी गरेका छन् । ट्रम्प घडीबाट २८ लाख डलर र ट्रम्प स्नीकर्स एण्ड फ्रेग्रेन्सबाट अर्को २५ लाख डलर कमाएका छन् ।  उनले एनएफटी (डिजिटल ट्रेडिंग कार्डहरू)बाट ११ लाख ६० हजार डलर कमाइ गरेका छन् यसबाहेक, ट्रम्पले लगानीबाट पनि राम्रो आम्दानी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप