सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

आइतबार, ०१ असार २०८२, १६ : २८
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १५ औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेता टोलीलाई स्वागत गर्‍यो।
  • भुटानमा भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ रजत पदक जित्यो, जसमा उर्मिला श्रेष्ठले स्वर्ण जितिन्।
  • राखेपका सदस्य-सचिव घिसिङले शारीरिक सुगठनले राष्ट्रलाई चिनाएको र खेलाडीलाई बधाई दिए।

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १५ औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई आइतबार स्वागत गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा स्वागत गर्दै सफलताका लागि बधाई दिए । 

त्यसअघि आइतबारै टोलीलाई कार्यकारी समितिका सदस्य भट्टराई, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घका प्रथम उपाध्यक्ष विजयलाल कायस्थसहित पदाधिकारी, खेलाडी, प्रशिक्षक, शुभचिन्तक, परिवारजनलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

भुटानको थिम्पुमा जेठ ३० देखि ३१ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ रजत जितेको थियो । नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडीले सहभागिता जनाएका थिए ।

महिला एथ्लेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपाललाई स्वर्ण दिलाइन् । सोही स्पर्धामा शीला ठकुरीले रजत पदक जितिन् । 

पुरुष ५५ केजी तौल समूहमा शरद सुवालले रजत तथा पुरुष स्पोर्ट्स फिजिक १७५ सेन्टिमिटर मुनी अवतार श्रेष्ठले रजत पदक जिते । पुरुष स्पोर्ट्स फिजिक १७५ सेन्टिमिटर माथि प्रनिश श्रेष्ठ पाँचौँ स्थानमा रहे ।

स्वागत कार्यक्रममा सदस्य–सचिव घिसिङले शारीरिक सुगठनले राष्ट्रलाई चिनाउने क्रममा थुप्रै अन्तर्राष्ट्रिय पदक जितिसेको बताउँदै पदक जितेर सारा नेपालीलाई खुसी बनाएकोमा खेलाडीलाई बधाई दिए ।

उनले शारीरिक सुगठन खेल बारे भने– ‘यो खेलको विशेषता र परिचय भनेकै खाली हात नआउने खेल हो’ ।

शारीरिक सुगठन महासङ्घका प्रथम उपाध्यक्ष विजयलाल कायस्थले हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा शारीरिक सुगठनले राष्ट्रलाई पदक दिलाउँदै आएको स्मरण गरे ।

टोलीसँगै अफिसियलका रूपमा भुटान गएका शारीरिक सुगठनका सचिव दिनुशकुमार राजभण्डारीले सन् २०२७ मा नेपालमा विश्व शारीरिक सुगठन च्याम्पियनसिप आयोजना बारे पनि भुटानमा छलफल भएको जानकारी गराए ।

व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल भुटान गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप