मलेसियामा आरभले जिते तीन उपाधि
सारांश
- मलेसियामा भएको 'ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२५' मा नेपाली बालक आरभ गौतमले तीन उपाधि जिते ।
- उनले 'किड युनिभर्स २०२५' को शीर्ष उपाधि सहित 'बेष्ट इन स्पोट वयर' र 'किड इन्टिलिजेन्ट' सव टाइटल जिते ।
- प्रतियोगितामा गौतमले नेपालको कला र संस्कृतिको प्रचारका साथै पर्यटन प्रवर्द्धन गरे ।
काठमाडौँ । मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२५’ मा नेपाली बालक आरभ गौतमले एक शीर्षसहित तीन उपाधि जित्न सफल भएका छन् ।
प्रतियोगितामा किडतर्फ सहभागी उनले यसै क्याटगरी अन्तर्गत ‘किड युनिभर्स २०२५’को शीर्ष उपाधिका अलवा बेष्ट इन स्पोट वयर’ र ‘किड इन्टिलिजेन्ट’ सव टाइटल जित्न सफल भएका हुन् । कोटाकिना बालु सहरमा गत ११ देखि १४ जुनसम्म आयोजना भएको कार्यक्रममा ‘किड युनिभर्स २०२५’ तर्फको विजेता शनिबार चुनिएको हो ।
‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ विश्वका विभिन्न देशको बालबालिका सहभागी हुने प्रतियोगिता हो । ४ दिन नियमित आयोजना भएको प्रतियोगितामा गौतमले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन प्रवर्द्धन समेत गरेका छन् ।
प्रतियोगितामा बालबालिकासँगै फेसन कोच राज फैजु पनि सहभागी थिए । गौतमलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेज २०२४’का विजेता हुन् । प्रतियोगिताका लागि गौतमको फेसन कन्सेफ्ट डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण