सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

श्रेयसीले जितिन् ‘मिस एसईई इटहरी’को ताज

आइतबार, ०१ असार २०८२, २० : ४९
आइतबार, ०१ असार २०८२

काठमाडौँ । ‘मिस एसईई इटहरी’को उपाधि श्रेयसी भट्टराईले जितेकी छन् । 

शनिबार इटहरीको लायन्स क्लबमा अबेर साँझ सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले शीर्ष उपाधि जितेकी हुन् । उनले उपाधिका साथ प्रतियोगितामा एसबी मेकअप स्टुडियोबाट मेकअप क्लासमा पूर्ण छात्रवृत्ति र सुष्मा गोदावरी कलेजबाट १२ कक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिसहित अन्य उपहारहरू प्राप्त गरेकी छन् । 

त्यस्तै प्रतियोगितामा अदिति गुरागाईं फर्स्ट रनरअप र पवित्रा कुँवर सेकेन्ड रनर अप र अमिका घिमिरे थर्ड रनर अप भए । तीनै जनाले सुष्मा गोदावरी कलेजमा कक्षा १२ सम्मको अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरे । 

ओपन स्पेस प्रालिको आयोजनामा सरोज श्रेष्ठ निर्देशक रहेको प्रतियोगिताको निर्णायकमा कोशी प्रदेश प्याब्सन अध्यक्ष सुमित थापा, उद्यमी एवं सञ्चारकर्मी बिजु श्रेष्ठ, शिक्षिका रेश्मा रायमाझी, अधिवक्ता अदव बान्तवा र मिस नेपाल २००५ सुगरिका केसी रहेका थिए ।

प्रतियोगिताको कोरियोग्राफर शुभेक्षा कार्की रहेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप