सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

प्रदेश सभा अनिश्चित भएपछि कर्णालीमा शीर्ष नेताहरूको बैठक

आइतबार, ०१ असार २०८२, १८ : ४५
आइतबार, ०१ असार २०८२

सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राप्रपा र एकीकृत समाजवादीले बजेट प्रस्तुत प्रक्रियामा सहभागी नहुने बताएपछि अहिलेसम्म प्रदेश सभा बैठक बस्न सकेको छैन ।

दिउँसो तीन बजे बस्ने भनिएको प्रदेश सभा बैठक दलहरूबिच विवाद उत्पन्न हुँदा अझै अनिश्चित बनेको छ । अहिले शीर्ष नेताहरू बसेर छलफल सुरु भएको छ । माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार माओवादी संसदीय दलका नेता राजकुमार शर्मा, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र मुख्यमन्त्री यामलाल कँडेलबिच छलफल सुरु भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप