सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

गण्डकी प्रदेशले लाइसेन्स पोखरामै छाप्ने, १० करोड विनियोजन

आइतबार, ०१ असार २०८२, १७ : ४६
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • गण्डकी प्रदेशले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेशभित्रै छाप्ने भएको छ।
  • अर्थमन्त्री डा. टंकराज गुरुङले आगामी आर्थिक वर्षको बजेटमा लाइसेन्स छपाइका लागि १० करोड विनियोजन गरेको घोषणा गरे।
  • लाइसेन्स परीक्षा उत्तीर्ण गरेका व्यक्तिहरूले लामो समयसम्म लाइसेन्स नपाएको गुनासो आएपछि यो निर्णय लिइएको हो।

पोखरा । गण्डकी प्रदेशले सवारी लाइसेन्स प्रदेशभित्रै छाप्ने भएको छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. टंकराज गुरुङले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार लाइसेन्स छपाई र वितरणका लागि १० करोड विनियोजन गरिएको छ । लाइसेन्स परीक्षामा पास भएको लामो समयसम्म लाइसेन्स प्रमाणपत्र नपाएपछि चौतर्फी आलोचना हुँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप