ट्रम्पले सर्वोच्च नेता खामेनेईलाई हत्या गर्ने इजरायलको योजना अस्वीकार गरेको खुलासा
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीको हत्या नगर्न आग्रह गरेका छन्।
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको कुराकानीमा ट्रम्पले खामेनीलाई लक्षित गर्नु राम्रो विचार नभएको बताएका थिए।
- इजरायलले इरानका आणविक संरचना र सैन्य निशानाहरूमा आक्रमण गरेपछि दुवै देशबीचको आक्रमण जारी छ।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको सर्वोच्च नेता आयतोल्ला अली खामेनेईलाई हत्या गर्ने योजना अस्वीकार गरेका छन्। बीबीसीका अमेरिकी साझेदार सीबीएस न्युजका अनुसार तीन जना अमेरिकी अधिकारीहरूले यो जानकारी दिएका हुन्।
एक अधिकारीका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको कुराकानीमा ट्रम्पले खामेनेईलाई लक्षित गर्नु ‘राम्रो विचार होइन’ भनेर बताएका थिए। यद्यपि, ट्रम्पले यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन्।
यो वार्ता इजरायलले शुक्रबार इरानमाथि आक्रमण थालेपछि भएको भनिएको छ। फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतन्याहुलाई जब यो विषयमा सोधियो, अर्थात् ट्रम्पले खामेनेईको हत्या योजनालाई रोकेको भन्ने रोयटर्सको रिपोर्ट सही हो कि होइन भनेर, उनले सीधा स्वीकार वा खण्डन नगरी भने, ‘धेरैजसो संवादहरूबारे झूटा रिपोर्टहरू आउँछन्। म त्योमा जान चाहन्न। तर म यति भन्न सक्छु – हामी जे गर्नुपर्छ, गर्छौं। अमेरिका के उसको हितमा छ भन्ने कुरा राम्रोसँग जान्दछ, र म यसबारे थप केही भन्न चाहन्न।’
एक इजरायली अधिकारीले सीबीएससँग कुरा गर्दै भने, ‘सिद्धान्ततः, हामी राजनीतिक नेताहरूलाई लक्षित गर्दैनौँ। हाम्रो ध्यान आणविक तथा सैन्य संरचनामा छ। यस्ता कार्यक्रमहरूमा निर्णय लिनेहरू शान्तिपूर्वक बाँचिरहुनुपर्छ भन्ने हामी सोच्दैनौँ।’
इजरायलले शुक्रबारदेखि इरानका आणविक संरचना र अन्य सैन्य निशानाहरूमा आक्रमण थालेको हो। त्यसपछि इरानले इस्लामिक रिभोल्युशन गार्ड्स कर्प्सको गुप्तचर इकाईका प्रमुख मोहम्मद काजेमी, उनका एक सहायक र अर्को कमाण्डरको मृत्यु पुष्टि गरेको छ।
दुवै देशबिचको आक्रमण लगातार तेस्रो दिन आइतबारसम्म जारी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण