व्यावसायिक सुन्तला खेतीमा जुट्दै भोजपुर पालुवाका किसान

समाचार सारांश
- भोजपुर नगरपालिकाका किसानहरू व्यावसायिक सुन्तला खेतीमा आकर्षित भएका छन्, जसले वर्षौंसम्म आम्दानी दिन्छ।
- स्थानीय किसानका अनुसार, पुराना बगानको संरक्षण र नयाँ बिरुवा विस्तार भइरहेको छ, र सुन्तलालाई बाँदरले कम नोक्सान गर्छ।
- वडा कार्यालयले बिरुवा वितरण र प्राविधिक सहयोग गर्दै आएको छ, र सिँचाइका लागि कुलो, पोखरी र पाइप वितरणमा सहयोग गर्छ।
भोजपुर । भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तला खेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तला खेतीमा आकर्षित भएका हुन् ।
यस क्षेत्र अधिकांश किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएको स्थानीय किसान प्रदीप तामाङले बताए । हाल किसानले पुराना बगानको संरक्षणसँगै नयाँ बिरुवा धमाधम विस्तार गरिरहेको उनी बताउँछन् ।
‘हाम्रो क्षेत्रका धेरै किसानले व्यावसायिक रूपमा सुन्तला खेती गरिरहेका छन्’, उनले भने, ‘सुन्तलालाई एकपटक विस्तार गरेपछि सामान्य हेरचाह गरेपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ । अन्य बालीको तुलनामा सुन्तलालाई बाँदरले कम नोक्सान गर्ने भएकाले पनि किसानले सुन्तलाको व्यावसायिक खेती रोजेको देखिन्छ ।’
वडा कार्यालयले सुन्तला खेतीमा लाग्ने किसानलाई बिरुवा वितरणसँगै प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ । यहाँको भङ्गेरी तथा पालुवा सुक्खा क्षेत्र भए पनि वडाले सिँचाइका लागि आवश्यक सहयोग गरेपछि किसानलाई सहजता भएको उनको भनाइ छ । सिँचाइका लागि वडाले कुलो निर्माण, प्लाष्टिक पोखरी, पाइप वितरणलगायत काम गरिरहेको उनले जानकारी दिए ।
भोजपुर –६ मा कृषि तथा फलफूलखेतीका लागि उपयुक्त भूगोल रहेकाले वडाले सुन्तलासँगै कृषि क्षेत्रको विकासमा जोड दिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले बताए । यहाँ देखिएका कृषि क्षेत्रका समस्यालाई ध्यानमा राख्दै खेती विस्तारका लागि आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष कार्कीको भनाइ छ ।
खेती प्रणालीका लागि मुख्य रूपमा सिँचाइको समस्या रहेकाले वडाले कुलो, प्लाष्टिक पोखरी निर्माण तथा किसानका आवश्यकताका आधारमा पाइप वितरण गर्दै आएको उनले बताए । मेहनत गरे यहाँ नै किसानले व्यावसायिक कृषि गरेर जीविकोपार्जन गर्ने वातावरण रहेको उनले बताए ।
‘कृषि क्षेत्रको विकासका लागि हामीले विभिन्न किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छौँ’, उनले भने, ‘यो सदरमुकामसँग जोडिएको वडा हो । किसानले उत्पादन गरेका कृषि उपजको बेचबिखनका लागि सहजता छ । किसानलाई व्यावसायिक योजनाका आधारमा सहयोग गर्दै आएका छौँ । खास गरेर हामीले यहाँ माटो र भूगोल सुहाउँदो खेती प्रणालीमा ध्यान दिएका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरको हेवाखोलामा पुल भाँचिदा ज्यान गुमाउनेहरु बाराका, घटनापछि गाउँमा शोक
-
सानो पाइला बचत तथा ऋण सहकारी ठगी : लामिछानेद्वारा सबै आरोप अस्वीकार
-
कर्मचारीलाई खेलकुद सचिव नियुक्ति प्रकरणः अदालतको ब्रेक
-
कोशी प्रदेश सरकारको प्राथमिकता के–के ?
-
लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट (पूर्णपाठ)
-
कुन प्रदेशको बजेट कति ?